प्रदेश राजधानीको टुङ्गो चाँडै लाग्ने मुख्यमन्त्री पौडेलको विश्वास « Khabarhub

प्रदेश राजधानीको टुङ्गो चाँडै लाग्ने मुख्यमन्त्री पौडेलको विश्वास


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नामाकरण र राजधानी सहमतिमै चाँडै नै टुङ्गो लगाइने बताएका छन् ।

सिन्धुपाल्चोकको लामोसाँघुस्थित सेतीदेवी शारदा माविको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री पौडेलले राजधानीको टुंगो चाँडै लाग्ने विश्वास व्यक्त गरेका हुन् ।

कार्यक्रममा उनले अबको विकास गुणस्तरीय र रोजगारीमुलक हुनुपर्ने र त्यसको लागि प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने नीति रहेको जानकारी दिए ।

अवको दुई वर्षमा देशले काँचुली फेर्ने दाबी गर्दै मुख्यमन्त्री पौडेलले त्यसको लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’को महाअभियानमा लाग्न सबैलाई आग्रह समेत गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रदेश ३ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, प्रदेशसभा सदस्य सुरेश नेपाललगायतले आ-आफ्नो धारणा राखेका थिए ।

विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ६ करोड ४६ लाख ६१ हजारमा सुविधा सम्पन्न १८ कोठे विद्यालय भवनको पुनःनिर्माण गरिएको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ९ : ४५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित