रघुपति जुट मिललाई किस्ताबन्दीमा महसुल तिर्न प्राधिकरणको पत्र « Khabarhub

रघुपति जुट मिललाई किस्ताबन्दीमा महसुल तिर्न प्राधिकरणको पत्र


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विगतमा डेडिकेटेड र ट्रङ्क लाइन लिएर तोकिएअनुसार महसुल भुक्तानी नगरेका ग्राहकलाई किस्ताबन्दीमा महसुल तिर्न दिने नेपाल विद्युत् प्राधिकरणको निर्णय कार्यान्वयन गर्न थालिएको छ ।

प्राधिकरण सञ्चालक समितिको यही कात्तिक १६ र १७ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार नै उद्योगीलाई मर्का नपर्ने गरी किस्ता तय गरिएको छ ।

प्राधिकरणले सोही निर्णयअनुसार रघुपति जुट मिललाई ४४ किस्तामा महसुल तिर्ने गरी निर्णय गरी त्यसको जानकारीसमेत गराएको छ । प्राधिकरणले प्रति किस्ता रु २७ लाख पाँच हजार ८०० को दरमा ४४ किस्ता गरी रकम तिर्न पाउने भएको छ ।

प्राधिकरणलाई रघुपति जुट मिलले बुझाउन बाँकी रहेको छुट बिल रु ११ करोड ९० लाख ५५ हजार २१९ रहेको छ । उद्योगले किस्ताबन्दीमा सहुलियत माग गरेकोमा प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको निर्णयअनुसार किस्ताबन्दीमा महसुल तिर्न पाउने गरी व्यवस्था गरिएको हो ।

प्राधिकरणले तय गरेको किस्ता नबुझाएमा प्राधिकरणको विद्युत् वितरण नियमावली २०६९ अनुसार शुरु किस्ता कायम गरिएको रकममा समेत नियमानुसार थप दस्तुर कायम गरिनेछ ।

प्राधिकरणको विराटनगर वितरण केन्द्रका निमित्त प्रमुख धु्रव अधिकारीले उद्योगीलाई किस्ताबन्दीमा महसुल उपलब्ध गराउन पत्राचार गरिएको र अन्य उद्योगीलाई पनि सोही सुविधा दिइने जानकारी दिनुभयो । प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको मात्रै कूल रु ११ अर्ब महसुल उठाउन बाँकी रहेको छ । प्राधिकरणले सबै उद्योगीलाई नियमानुसार महसुल तिर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ९ : १५ बजे

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा