ठगी आरोपी रानासहित दुइ जना पुर्पक्षका लागि कारागार चलान | Khabarhub Khabarhub

ठगी आरोपी रानासहित दुइ जना पुर्पक्षका लागि कारागार चलान


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- ठगी गिरोहका मुख्य अभियुक्तको आरोप लागेका धनगढी उपमहानगरपालिका-६ का सञ्जय रानासहित दुई जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको छ ।

जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासमा आज भएको थुनछेक बसहमा उक्त आदेश भएको अदालतका सूचना अधिकारी नरबहादुर नेगीले बताए ।

रानाका सहयोगीका रूपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका—३ का रुद्रप्रसाद अधिकारीलाई पनि कारागार चलान गरिएको छ ।

रानाकै साली नाता पर्ने कल्पना साउद (दियाकोटी) र रानाकै सहयोगी भनिएका धनगढी उपमहानगरपालिका—६ कै कमलबहादुर विक रु तीन लाख ५० हजार धरौटीमा रिहा भएका छन् ।

रानासहितको गिरोहलाई गएको भदौ महिनामा हतियार, विभिन्न कागजात, छाप र सुनका गरगहनासहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

उनीहरुको साथबाट एक-एक थान पेस्तोल र रिभल्बर, दुई थान कटुवा पेस्तोल, सात राउण्ड गोली, करीब ६७९ ग्रामका सुनका गरगहना बरामद गरिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १० : ०० बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।