३८ वर्ष वर्षे खेलाडीले गरे ला लिगा फुटबलमा पहिलो ह्याट्रिक « Khabarhub

३८ वर्ष वर्षे खेलाडीले गरे ला लिगा फुटबलमा पहिलो ह्याट्रिक


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेनिस ला लिगामा ३८ वर्ष १४० दिनको उमेरमा एक खेलाडीले आफ्नो खेल जीवनको पहिलो ह्याट्रिक गरेका छन् । रियल बेटिसका कप्तान सान्चेज रोड्रिग्वेजले ह्याट्रिक गरे । यससँगै ला लिगाको इतिहासमा उनी सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन् ।

आइतबार राति भएको खेलमा रियल बेटिसले एथलेटिको बिल्बाओलाई ३–२ ले पराजित गरेको खलेमा उनले ह्याट्रिक गरेका हुन् । उनले खेलको सुरुवाती २० मिनेट भित्रै ह्याट्रिक गरेका थिए । ।ला लिगामा रोड्रिग्वेज ५३३ खेल खेलेका छन् ।

घरेलु मैदानमा भएको खेलमा दोस्रो मिनेटमा नै पहिलो गोल गरेका उनले ११ औँ मिनेटमा दोस्रो गोल गरे । उनले २० औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।

एथ्लेटिको बिल्बाओका लागि ४४ औँ मिनेटमा पाएको पेनाल्टीमा इनाकी विलियम्स र ७५ औँ मिनेटमा युरी बेर्चिचे इजेताले गोल गरेका हुन् ।

ला लिगा अन्तर्गत आइतबार राति भएका अरु खेलमा गेटाफेले एइबरलाई १–० तथा लेगानेसले सेल्टा डी भिगोलाई ३–२ ले पराजित गरेको छ । यस्तै रियल सोसिडाड र रियल भालाडोलिडले गोलरहित तथा ओसासुना र सेभिल्लाले १–१ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ६ : ४७ बजे

कांग्रेस कार्यसम्पादन समिति बैठक : सानेपामा भेला हुँदै नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज सानेपामा बस्दै छ

काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन्

धोवीखोला नदी करिडोर सडक धमाधम मर्मत गरिँदै

काठमाडौं– काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी

छेकम्पारमा आगलागी हुँदा एक जना घाइते 

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी

उत्पादकत्व वृद्धि गर्न कृषि पकेट क्षेत्र निर्धारण

दोधारा चाँदनी- कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि