सिभिल बैंकको एटिएमबाट रकम लुट्ने लुटेराहरुको प्रयास असफल « Khabarhub

सिभिल बैंकको एटिएमबाट रकम लुट्ने लुटेराहरुको प्रयास असफल


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– सिरहाको लहानस्थित सिभिल बैंकको एटिएम लुट्ने लुटेराहरुको प्रयास असफल भएको छ ।

लहान नगरपालिका–४ स्थित कृष्ण गुप्ताको घरको भूइँतलमा रहेको बैंकको एटिएम फोडेर केही व्यक्तिले लुटपाट गर्न खोजेका थिए ।

राति सटर बन्द गरिएको अवस्थामा एटीएम लुट्ने प्रयास भएको हो । लुटेराहरुले एटिएमको सटरमा प्वाल पारेर भित्र छिरी एटिएम लुट्न खोजेका थिए ।

तर, नसकेपछि उनीहरु त्यहाँबाट भागेका प्रहरीले जनाएको छ ।

सिभिल बैंकको लहान शाखाका प्रबन्धक सरोज घिमिरेले एटिएम मेशिनमा राखिएको सबै रकम सुरक्षित फेला पारिएको जानकारी दिए ।

एटिएम मेशिनमा करिब १५ लाख रुपैयाँ राखिएको थियो । बैंकमा कार्यरत एक कर्मचारीका अनुसार घटनास्थलको अवस्था हेर्दा लुटेराहरुले मेसिन नै फोडेर रकम लुट्न खोजेका थिए । तर, एटिएमको लक तोड्न नसकेपछि लुटेराहरु त्यहाँबाट भागेका छन् ।

इलाका प्रहरी कार्यालय लहानले एटिएम लुट्न खोज्ने व्यक्तिको खोजी शुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ११ : ५९ बजे

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया

देवचुलीका उद्योगको दूषित पानीले गैंडालाई समस्या, स्थानीयले गुहारे गृहमन्त्रीलाई

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ नवलपुरको देवचुली क्षेत्रमा पुगेका छन्। त्यहाँ

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको