भारतसँग पराजित भएपछि प्रशिक्षकको राजीनामा | Khabarhub Khabarhub

भारतसँग पराजित भएपछि प्रशिक्षकको राजीनामा


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्।

पोखरामा भएको फाइनलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित भएपछि प्रशिक्षक खड्काले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

घरेलु मैदानमै भएको सागमा स्वर्ण जित्ने लक्ष्यसहित तयारी थालेको महिला टोली पुन: फाइनलमा पराजित हुन पुगेपछि प्रशिक्षकले राजीनामा दिएका हुन् ।

यसअघि फागुनमा भएको साफ च्याम्पियनसिपमा पनि नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । प्रशिक्षकबाट राजीनामा दिएका खड्काले एन्फासँगको सहकार्य निरन्तर रहने बताएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ३ : १८ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र