परालको कुन्युमा फेला परे अपहरणमा परेका बालक « Khabarhub

परालको कुन्युमा फेला परे अपहरणमा परेका बालक


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमका प्रल्हाद साह र उनकी श्रीमती आइतबार दिउँसो आफ्ना ३ वर्षीय छोरा घनश्यामलाई बाटोको छेउमा राखेर नजिकैको खेतमा धान काट्न गएका थिए ।

साह दम्पत्ति धान काट्दै थिए, बाटोमा हल्ला सुनियो घनश्यामलाई कसैले मोटरसाइकलमा राखेर लग्यो ।

उनीहरु धान काट्न छाडेर छोरा राखेको सडकतर्फ दौडिए । राखेको ठाउँमा छोरालाई भेटेनन् ।

बाटोमा अन्य मानिसहरु पनि जम्मा भए । भीडमा जम्मा भएकामध्ये केही सुनाए, रातो रंगको मोटरसाइकलमा आएका २ जनालाई घनश्यामलाई उठाएर लगे ।

स्थानीयले प्रहरीलाई खबर गरे– लोखरमबाट ३ वर्षीय बालकको अपहरण भयो ।

प्रहरीलाई स्थानीयले अपहरणकर्ताले बालकलाई उठाएर भारतीय सीमातर्फ लगेको पनि बताए ।

प्रहरीले बालकको अपहरण नै भएको निष्कर्श निकालेर तत्काल खोजी शुरु ग¥यो । जिल्ला प्रहरी कार्यालय सप्तरीले भारतीय राज्य बिहारको प्रहरीसँग समेत समन्वय गरेर सीमा क्षेत्रमा नाकाबन्दी ग¥यो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले खोजीतलास गर्ने क्रममा अपहरणमा परेका बालक छिन्नमस्ता गाउँपालिका–६ कोचा बखारीस्थित खेतमा बनाइएको परालको टाल (कुन्यु)मा सुताइएको अवस्थामा फेला पा¥यो ।

प्रहरीले आइतबार नै बालकको उद्दार गरी परिवारलाई बुझाएको छ । यद्यपि, अपहरणमा संलग्न भनिएका व्यक्ति भने पक्राउ पर्न सकेका छैनन् ।

प्रहरीले अपहरणकारीको खोजी जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : १७ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष