प्रभु बैंक र गोर्खा सत्याग्रहबीच ‘सेभिङ खाता’ सञ्चालन सम्झौता « Khabarhub

प्रभु बैंक र गोर्खा सत्याग्रहबीच ‘सेभिङ खाता’ सञ्चालन सम्झौता


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक र गोर्खा सत्याग्रह समिति नेपालबीच स्पेसल सेभिङ्ग खाता सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।

सोमबार बैंकले पत्राकार सम्मेलन गरेर समिति र बैंक खाता सञ्चालन गर्ने विषयमा सम्झौता गरेको हो । व्रिटिश गोर्खामा धेरै वर्ष दुख गरेका नेपाली नाागारिकलाई लागनी गर्ने वातावरण नभएकाले प्रभु बैंकले त्यो अवसर सिर्जना गरेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।

बेलायतमा कमाएको पैसा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्ने र दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारका लागि सम्झौता गरेको उनको भनाइ छ ।

यस्तै, व्रिटिश गोर्खाले कमाएको पैसा नेपाली बैंकले व्याजदर अन्य सुविधा नदिइ चलाउने गरेको गोर्खा सत्याग्रह समिति नेपालका अध्यक्ष कृष्ण बहादुर राईले बताए ।

प्रभु बैंकले शिक्षा, रोजगार, जल विद्युतजस्ता क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गर्ने भएको खाताका लागि सहमति गरेको उनले बताए ।

समितिले खासगरी ब्रिटिश सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपूर्व गोर्खा सैनिकहरुको हितमा क्रियाशील गैरसरकारी सस्था हो । उक्त खाता ब्रिटिश सैनिकका परिवारले शुन्य मौज्दातमा खोल्न सक्नेछन् । हालका लागि बाषिर्क ६.५ प्रतिशत व्याज प्रदान गरिने र उक्त खातामा बैंकको नियममानुसार ब्याजदर परिवर्तन हुनेछ ।

यो सम्झौता बमोजिन खाता खोल्ने ब्रिटिश सैनिकहरुले लकर सेवा बापत लाग्ने शुल्क, ड्राफ्ट, ट्राभल कार्ड तथा मोबाइल बैंकिङ्ग उपभोग गरे बापत लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुटको समेत व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : ३९ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष