स्थानीय तहका कर्मचारी सरुवा गर्न मापदण्ड बनाइने | Khabarhub Khabarhub

स्थानीय तहका कर्मचारी सरुवा गर्न मापदण्ड बनाइने


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले स्थानीय सेवामा कार्यरत कर्मचारीलाई निश्चित आधार र मापदण्ड बनाएर सरुवा गर्ने भएको छ ।

आज राज्य व्यवस्था समितिमा ‘संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’अन्तर्गतको सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धबारे छलफल गर्न बसेको समितिको बैठकले स्थानीय तहमा कार्यरत कर्मचारीलाई निश्चित आधार र मापदण्ड बनाएर मात्र सरुवा गर्ने सहमति गरेको छ ।

बैकठले विधेयकमा रहेका सम्बन्धित प्रदेशमा रहेका स्थानीय तहमा कार्यरत स्थानीय सेवाका कर्मचारीलाई सोही प्रदेशभित्रका अन्य स्थानीय तहका समान तहमा सरुवा गर्नका लागि आधार र मापदण्ड बनाउने सहमति गरेको हो ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कर्मचारीलाई एक ठाउँमा राख्नु भन्दा सरुवा गर्नुपर्ने बताए । उनले आधार र मापदण्ड बनाएर सम्बन्धित प्रदेशका कर्मचारीलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्नुपर्ने बताए ।

“एउटा कर्मचारीलाई सधैभरि एउटै स्थानीय तहमा राख्नु हुदैन”, उनले भने, “उनीहरु एकै ठाउँमा बसेभने कसैलाई टेर्न पनि छाडछन्, त्यसैले प्रदेशभित्र एउटा स्थानीय तहबाट अर्कोमा सरुवा गर्नुपर्दछ ।” उनले विधेयक बनाउँदा अहिलेको आवश्यकतालाई भन्दा अनन्तकालसम्म पनि टिक्ने खालको बनाउनुपर्ने बताए ।

कार्यक्रममा समितिका सभापति शशी श्रेष्ठले चक्रिय प्रणाली अनुसार स्थानीय तहका एक स्थानीय तहबाट अर्को स्थानीय तहमा कर्मचारीलाई सरुवा गर्न व्यवस्था गर्न थालिएको जानकारी दिइन् । समिति सदस्य रेखा शर्माले एक प्रदेशका कर्मचारी अर्को प्रदेशमा पठाऔं भन्ने संघीयताको मर्म नहुने भन्दै प्रदेशभित्र नै सरुवा गर्नुपर्ने बताइन् ।

समिति सदस्य पम्फा भुसालले अहिले रहेका कर्मचारीको सङ्ख्या घटाउनुपर्ने बताइन् । उनले अहिले रहेका कर्मचारीमध्ये एक तिहाई घटाई बाँकी रहेका कर्मचारीलाई अहिलेको सुविधामा दुई तिहाई थप गरी कर्मचारीलाई काममा लगाउनुपर्ने धारणा राखिन् ।

“अहिले मन्त्रालयमा जाने हो भने उपसचिव र सहसचिव भेटिदैनन्”, उनले भनिन्, “त्यसैले अहिले रहेका कर्मचारीमा कति के चाहिन्छ त्यो सर्वेक्षण गरेर कटौती गर्नुपर्दछ ।”

यसैगरी बैठकले राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका कर्मचारीको नेतृत्व परीक्षण गरेर काम दिन विधेयकमा समेटिने भएको छ । मन्त्री त्रिपाठीले निश्चित मापदण्ड बनाएर कर्मचारीको नेतृत्व परीक्षण गर्नुपर्ने बताए ।

“नेतृत्व परीक्षणका लागि मापदण्ड बनाउनुपर्दछ”, उनले भने, “यही मापदण्ड नबनाउने हो भने नेतृत्व परीक्षणको काम छैन ।” समिति सदस्य दिलेन्द्र बडू, झपट रावल, नवराज सिलवाल, मीना पाण्डेलगायतले जनतालाई न्याय हुने खालको विधेयक बनाउनुपर्नेमा जोड दिए ।

एक सय दश स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत छैनन् । सात सय ५३ मध्ये अझै ११० स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत छैनन । ती स्थानीय तह निमित्तका भरमा सञ्चालन भएका छन् । आज संसद्को राज्य व्यवस्था समिति बैठकमा मन्त्री त्रिपाठीले ११० स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत नरहेको जानकारी गराए ।

उनले जनतालाई प्रत्यक्ष सेवा पु¥याउने स्थानीय तहमा कर्मचारी नहुँदा जनताका काम हुन नसकेको बताए । मन्त्री त्रिपाठीले कर्णाली प्रदेशमा पनि भौतिक पूर्वाधार विकास मन्त्रालयमा पनि सचिव नहुँदा बोलपत्र स्वीकृत हुन नसकेका जानकारी दिए । उनले केन्द्रीय शासन तीन शताब्दीदेखि नै आएकाले प्रदेश र स्थानीय तहलाई बढी जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १० : १५ बजे

राज्यमन्त्री चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो

काठमाडौं- सर्वोच्च अदालतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री एवम्

ठमेलबाट भारतीयद्वारा चिनियाँको अपहरण, भीमफेदी पुर्‍याएपछि उद्धार

काठमाडौं- काठमाडौंको ठमेलबाट भारतीयहरूको समूहले एकजना चिनियाँ नागरिकलाई अपहरण गरेका

सबै प्रदेशमा आपत्कालीन गोदाम घर हस्तान्तरणको तयारी : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो

भूकम्प सुरक्षा दिवसमा कृत्रिम अभ्यास

जलेश्वर– २७औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आज जिल्ला सदरमुकाम जलेश्वरमा

लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छ : अध्यक्ष दाहाल

काठमाडौं – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले दिगो विकासको राष्ट्रिय लक्ष्यको