सागमा पदक जित्ने खेलाडीलाई प्रदेश ३ सरकारले नगद पुरस्कार दिने | Khabarhub Khabarhub

सागमा पदक जित्ने खेलाडीलाई प्रदेश ३ सरकारले नगद पुरस्कार दिने


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- ३ नम्बर प्रदेश सरकारले ३ नम्बर प्रदेश भित्रका १३ औं दक्षिण एशीयाली खेलकुद (साग) का विजेताहरुलाई पुरस्कार दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले जारी सागका ३ नम्बर प्रदेश भित्रका पदक विजेता खेलाडीलाई स्वर्ण पदकलाई एक लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक बिजेतालाई २५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

खेलाडीलाई प्रोत्साहन गर्न उनीहरुलाई नगद पुरस्कार दिन लागिएको हो । यसैगरी बैठकले प्रदेश अनुसन्धान व्युरो गठनका लागि सैद्धान्तिक सहमति दिने पनि निर्णय गरेको छ ।

जनता आवास कार्यक्रम कार्यान्वयन पहिलो संसोधन कार्यविधि–२०७६ को स्वीकृत गर्ने, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन कायविधि–२०७६ स्वीकृत गर्नेलगायतका निर्णयहरु गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

यसैगरी विभिन्न अस्थायी कार्यालय तथा आयोजनाको अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ७ : ३२ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा