रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’ « Khabarhub

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो रहेको बताएका छन्।

सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूले सरकार ‘गुण्डागर्दी शैलीमा चलिरहेको’ भन्ने आरोपबारे प्रश्न गरेपछि लामिछानेले पार्टीभित्र फरक–फरक ढंगले लोकतान्त्रिक अधिकार प्रयोग भइरहेको बताएका हुन्।

सदनमा रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकार ‘गुण्डागर्दी शैलीमा’ सञ्चालन भइरहेको आरोप लगाएपछि पत्रकारहरूले लामिछानेसँग त्यसबारे प्रतिक्रिया मागेका थिए।

जवाफमा लामिछानेले भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ। त्यसलाई कसैले भरपुर रूपमा प्रयोग गर्नुभयो होला, कसैले कम प्रयोग गर्नुभयो होला। त्यसलाई त्यसरी बुझिदिनुहोला।’

सरकार पनि त्यही शैलीमा सञ्चालन भइरहेको भए पार्टीले प्रश्न उठाउने उनको भनाइ थियो। ‘सरकार यदि त्यस्तै शैलीमा चलेको भए त हामी पनि प्रश्न गरिहाल्थ्यौँ नि,’ उनले भने।

लामिछानेले सरकारले आफ्नो काम तीव्र गतिमा अघि बढाइरहेको र पार्टीले पनि आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको दाबी गरे। सरकार र पार्टीबीच समन्वयमै काम भइरहेको उल्लेख गर्दै उनले अनावश्यक विषयमा समय खर्च नगर्न आग्रह गरे।

‘सरकारले आफ्नो काम द्रुत गतिमा गरिरहेको छ, पार्टीले पनि आफ्नो काम गरिरहेको छ। समन्वयमै काम भइरहेको छ। अनावश्यक कुरालाई नहेरिदिनुहोला, समय बर्बाद नगर्नुहोला,’ उनले भने।

सर्वदलीय बैठकले उठाएका विषयलाई सरकारले अपनत्व नलिएको अवस्थामा के हुन्छ भन्ने प्रश्नमा पनि लामिछानेले सरकार त्यस्तो दिशामा नरहेको बताए। उनका अनुसार सर्वदलीय बैठक र त्यसबाट आएका विषयलाई सरकारले बेवास्ता गर्ने अवस्था नरहेको उनको भनाइ थियो।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  २ : ३३ बजे

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता

ग्रे जोनको रिपोर्टबारे रवि, ‘क्रेडिबिलिटी नभएको कुरा म पढ्दै पढ्दिनँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी अनलाइन ‘द

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध