चलचित्र नगरीमा नारी : पुरुषकै अभिनयदेखि अहिलेको 'आधा आकाश'सम्म | Khabarhub Khabarhub

चलचित्र नगरीमा नारी : पुरुषकै अभिनयदेखि अहिलेको ‘आधा आकाश’सम्म


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक समय थियो, नेपालमा महिला कलाकारहरुको उपस्थिति ज्यादै न्यून थियो । एउटा हातको औँलामा गन्न सकिने सीमित महिला कलाकारले कलाकारिता क्षेत्र धानेका थिए । नयाँ कलाकारलाई यो क्षेत्रमा आउन त्यति सहज थिएन । समाजले पनि नराम्रो दृष्टिले हेर्ने गथ्र्यो कलाकारलाई ।

यसरी भनौँ, नेपालमा चलचित्र उद्योगको घेरा कोरिँदै गर्दा बसुन्धरा भुसाल, कमला श्रेष्ठ, विमला श्रेष्ठ, सुभद्रा अधिकारी, चैतन्य देवी,  सुष्मा शाहीलगायत केही कलाकारमात्र सक्रिय थिए । केहीले अभिनय धानेका थिए, केहीले गायन तथा अन्य क्षेत्रमा आफ्नो उपस्थिति दर्शाएका थिए । त्यतिबेलाका केही कलाकारलाई अझै पनि दर्शकले पर्दामा देख्न पाएका छन् ।

पहिले सीमित फिल्म बनाइन्थे । सीमित नायिकाहरु थिए । ती नायिकामध्ये एक थिइन्, भुवन चन्द ।

‘म फिल्मकी नायिका हुनु पहिले स्टेज कलाकार हो, त्यतिबेला नेपालमा कलाकारबीच अहिलेको जस्तो प्रतिस्पर्धा थिएन तर महिला कलाकारलाई समाजले हेर्ने दृष्टिकोण राम्रो थिएन,’ अभिनेत्री भुवन चन्द ०२० को दशक स्मरण गर्दै सुनाउँछिन्, ‘पहिलेको अवस्थाभन्दा अहिलेको अवस्थामा महिला कलाकारलाई धेरै सजिलो छ, सामाजिक रुपमा पनि इज्जत बढेको छ ।’

नारी हो भनेर मौकाका रुपमा हेर्‍यो भने ‘लङ रेसको घोडा’ नहुन पनि सकिन्छ, नारी र पुरुषभन्दा पनि क्षमता हुनेलाई अहिले काम गर्ने वातावरण छ

प्रारम्भिक समयमा महिला कलाकारको खडेरीले गर्दा पुरुष कलाकार नै महिला कलाकार बनेर अभिनय गर्थे । यो चलन धेरै पछिसम्म पनि रहेको भुवन चन्द सम्झिन्छिन् । धेरै पछि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि यही सुनाउँछिन् ।

केही वर्षअघिसम्म पनि चलचित्रमा अभिनय गर्ने भनेपछि महिला कलाकारलाई खासै इज्जतका साथ हेरिँदैनथ्यो । अहिले भने समय फेरिएको छ । अहिले महिला कलाकारले फिल्म क्षेत्रको आधा हिस्सा ओगटेका छन् अभिनयमा । पर्दामा महिला कलाकारको उपस्थिति दिनानुदिन बढ्दैछ ।

फिल्म क्षेत्रमा मात्र नभएर नाटक, साहित्य तथा मनोरञ्जनका अन्य विधामा पनि महिलाको उपस्थिति क्रमशः बढ्दो छ । नकारात्मक सोच्ने कलाकारलाई अहिले ‘सेलिब्रेटी’ सोच्न थालेको छ समाजले ।

अभिनेत्री भुवन चन्द पहिलेको समय सम्झँदै भन्छिन्, ‘पहिले हामीले कलाकार बन्न निकै दुःख गर्नुपरेको थियो, महिला कलाकार भनेपछि नराम्रो सोच्ने बेलामा पनि हामीले यही क्षेत्रमा काम गर्ने अठोट गर्‍यौँ, कलाकारिता क्षेत्रलाई काँध थाप्यौँ ।’

अझ उतिबेला त फिल्ममा अभिनय गर्दा पारिश्रमिक पनि नदिइने गरेको भुवन सुनाउँछिन् । उनका अनुसार त्यतिबेला फिल्ममा अभिनय गर्नु नै ठूलो कुरा थियो ।
अहिले भने महिला कलाकारले कलाकारितालाई आफ्नो बाँच्ने आधार बनाएका छन् । महिला कलाकारले पनि फिल्म निर्देशन गरेका छन् । फिल्म लेखेका छन् । नाट्य क्षेत्रमा पनि महिला कलाकारको सक्रियता उत्तिकै छ ।

पछिल्लो समय महिलाले एकल नाटक गरिरहेका छन् । महिलाका समस्या कथामार्फत उठाइएका छन् । कलाकारितालाई पनि सम्मानित कामका रुपमा हेर्न थालिएको छ ।

पहिलेको तुलनामा यो क्षेत्रमा आउने कलाकार धेरै हुँदा सस्तो प्रतिस्पर्धा बढी भएको चन्द गुनासो गर्छिन् । ‘अहिले चाहिनेभन्दा धेरै कलाकार हुँदा प्रतिस्पर्धा बढी छ, एकले अर्काको रिस गरेको पाइन्छ, काटमार नै होला झैं गर्छन्, पहिले यस्तो थिएन ।’, अभिनेत्री भुवनको सुनाउँछिन् ।

पहिलेका तुलनामा अहिले फिल्मको सङ्ख्या त धेरै छ तर गुणस्तर खस्केको छ । प्रविधिको पहुँचले यो क्षेत्रमा आउन सहज त भएको छ तर गुणात्मक हिसाबले सस्तो व्यापार भइरहेको पक्कै छ ।

पछिल्लो पुस्ताकी नायिका वर्षा शिवाकोटी भन्छिन्, ‘हो, अहिले फिल्म क्षेत्रमा सस्तो प्रतिस्पर्धा धेरै छ, मेकरले पनि हरेक फिल्ममा नयाँ नायिकाहरु लिनुहुन्छ, व्यावसायिक रुपमा यही क्षेत्रमा काम गरेका नायिकालाई काम गर्न गाह्रो भइरहेको छ ।’

नेपाली चलचित्र नगरीमा महिला कलाकारको उपस्थिति बाक्लो भए पनि केही कलाकारले बाहेक अरुले टिकेर काम गर्न सकेका छैनन् । पछिल्लो समय कैयन् कारणले नेपाली चलचित्रका दर्शक भड्किएका छन्

पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा महिला कलाकारको उपस्थिति त बाक्लो छ । तर, यो क्षेत्रमा सस्तो प्रतिस्पर्धा पनि उस्तै भइरहेको छ । कम पारिश्रमिक लिएर काम गर्ने कलाकार पनि छन् । अभिनय नै गर्न नजान्ने कलाकार पनि सक्रिय छन् । जसका कारण राम्रो अभिनय गर्ने महिला कलाकार ओझेलमा परेका छन् ।

शिवाकोटी भन्छिन्, ‘पहिले कलाकार र फिल्मको जुन चार्म थियो, त्यो चार्म अहिले चाहिँ छैन झैँ लाग्छ, सस्तो प्रतिस्पर्धा चाहिँ अहिलेको समस्या हो ।’

त्यसो त महिला कलाकारको उपस्थिति बाक्लो भए पनि केही कलाकारले बाहेक अरुले फिल्म क्षेत्रमा खासै जादु गर्न सकेका छैनन् । पछिल्लो समय कैयन् कारणले नेपाली फिल्मका दर्शक भड्किएका छन् ।

निर्देशक तथा नायिका दीपाश्री निरौला अहिले नेपाली फिल्म क्षेत्रमा महिलाको उपस्थिति उत्साहजनक रहेको बताउँछिन् । पहिले महिलाले सवारी चलाउँदा पनि अचम्म मान्ने वर्गले पनि अहिले दक्ष जनशक्तिलाई अगाडि सार्ने गरेको उनको बुझाइ छ ।

‘महिला र पुरुष भनेर छुट्याउनुभन्दा पनि दक्ष महिलालाई जहाँ पनि ढोका खुला छ, दक्ष महिलाले यो क्षेत्रमा प्रगति गर्नुभएको छ,’ निर्देशक निरौला भन्छिन्, ‘अहिले सामाजिक रुपमै ठूलो परिवर्तन आइसकेको छ, फिल्म क्षेत्रमा पनि परिवर्तन आइसकेको छ ।’

कुनै समय फिल्ममा अभिनय गर्न पाउनु पनि ठूलो मौका मान्ने महिलाहरु अहिले भने चलचित्र छानेर भूमिका चित्त बुझे मात्र अभिनय गर्न थालेका छन् । त्यसो त नेपाली फिल्म क्षेत्रले अझै पनि पुरुषवादी सोचबाट माथि उठ्न सकेको छैन । तर, महिलाले पनि आफ्नो क्षमतालाई प्रस्तुत गर्ने प्रशस्तै मौका पाएका छन् ।

निर्देशक निरौला नारीका कारण दिइएको मौकाले आफ्नो वृत्ति फराकिलो नहुने भएकाले महिला कलाकारलाई समयअनुसार ‘अपग्रेड’ भएर अगाडि बढ्न सल्लाह दिन्छिन् ।

‘नारी हो भनेर मौकाका रुपमा हेर्‍यो भने ‘लङ रेसको घोडा’ नहुन पनि सकिन्छ, नारी र पुरुषभन्दा पनि क्षमता हुनेलाई अहिले काम गर्ने वातावरण छ,’ निरौला अगाडि थप्छिन्, ‘एउटा कुरा मैले पनि बुझ्न सकेकी छैन, पुरुष कलाकार पछिसम्म पनि सक्रिय भएको पाइन्छ, तर महिला कलाकार निश्चित समयपछि कम सक्रिय देखिनुहुन्छ, यस्तो चाहिँ नुहुनुपर्ने हो ।’

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ८ : १० बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना