राणा र लोहनीले भने– अब हामी फुट्दैनौं « Khabarhub

राणा र लोहनीले भने– अब हामी फुट्दैनौं


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वयले पार्टी कुनै पनि हालतमा विभाजन नहुने बताएका छन् ।

चितवनको भरतपुरमा शनिवार आयोजना गरिएको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहोनीले पार्टी विभाजन नहुने प्रतिबद्धता जनाएका हुन् । अध्यक्ष राणाले पार्टी कहिल्यै नफुट्नेगरी मिलेको बताए ।

“हामी देशव्यापी पार्टी एकीकरणको अभियानमा छौँ”, उनले भने, “थप नेता र समूहलाई राप्रपामा (संयुक्त) मा ल्याउने तयारी गरेका छौँ ।”

राजसंस्थासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र आन्दोलनबाटै स्थापित गर्ने तयारीस्वरुप देशव्यापी रुपमा पार्टी सुदृढीकरणको अभियानमा लागेको उनले बताए ।

असहमति राख्ने संविधानले दिएको अधिकार उपयोग गर्दै, पार्टीको सङ्गठन सुढृद गरेपछि जनताको सहयोगबाटै आफ्नो विचार र मान्यता स्थापित गर्ने उनको भनाइ थियो ।

अर्का अध्यक्ष डा लोहनीले पार्टी भित्रको कलहका कारण जनताले मत नदिएको बताए ।

पार्टी एक भए सधैँ जनताको विश्वास जित्न सकिने उनको भनाइ थियो । “विचार मिल्नेसँग एकता गर्ने हो”, उनलो भने, “जनताको शक्ति आर्जन गरेर परिवर्तनकारी आन्दोलनको नेतृत्व गर्नुपर्छ ।”

संविधनले दिएको संविधान संशोधन गर्ने अधिकार टेकेर राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्र स्थापना गरिने उनले बताए । “कम्युनिष्ट सरकारले सुशासन दिन्छ भन्ने आशा थियो, तर सरकार कुशासनतर्फ उन्मुख छ । यसलाई नियन्त्रण गर्न जनताको हितमा हामी सक्रिय भएर लाग्नेछौँ”, डा लोहनीले भने ।

पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले विदेशीको इसारामा पार्टी पटक–पटक विभाजन हुँदा गलत व्यक्तिले फाइदा लिएको बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ७ : ४६ बजे

विश्वकप: चेक गणतन्त्रलाई हराउँदै दक्षिण कोरियाको विजयी सुरुवात

मेक्सिको – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को रोमान्चक

हुम्ला अस्पतालमा किशोरकिशोरी-मैत्री सेवा सञ्चालन

सिमकोट– यहाँको जिल्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन भएको छ। बहिरङ्ग

धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो

धरान– धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित ऐतिहासिक तथा पौराणिक महत्वको अमृतपिण्ड

सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिभा बैठकमा सरकारमाथि

बजेट निर्माणमा जुटे कञ्चनपुरका पालिका

महेन्द्रनगर– यहाँका स्थानीय पालिकाहरू आगामी आर्थिक वर्ष २०८३-८४ का लागि