अस्पतालको गेटमै बिरामीको विचल्ली, न गाँस न त चिकित्सकको साथ « Khabarhub

अस्पतालको गेटमै बिरामीको विचल्ली, न गाँस न त चिकित्सकको साथ


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मिति २०७५ चैत २६ गते मंगलबार । आज प्रकाशित भएका पत्रपत्रिकाहरुले विभिन्न समाचारहरु छापेका छन् । राजधानी दैनिकले बैंक तथा वित्तीय संस्थाको समाचारलाई मुख्य समाचारका रुपमा आठ महिनामा १ अर्ब बढी ऋण डुब्यो शीर्षकमा समाचार छापेको छ ।

बैंक तथा वित्तीय संस्था ऋण उठाउन नसकेर डुब्ने क्रम बढेको छ । चालू आ.व.को साउनदेखि फागुन मसान्तसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाको १ अर्ब ५ करोड ८९ लाख ५४ हजार १ सय ९२ रुपैयाँ ऋण डुबेको उल्लेख गरेको छ ।

त्यसैगरी पत्रिकाले चिकित्सकहरुको आन्दोलनले बिरामीमा परेको प्रभावलाई पनि पहिलो पृष्ठमा समाचार छापेको छ । चिकित्सकहरुको आन्दोलनले हजारौं बिरामीको विचल्ली भएको छ । बिरामीहरुले उपचार नपाएपछि सरकारीबाट निजीमा रिफर गरिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सरकार र चिकित्सकको अडान झन कसिलो बन्दै गएको छ । सरकार चिकित्सकहरुप्रति आक्रामक बनेको छ भने माग पूरा नभए राजिनामा दिने सम्मको चेतावनी चिकित्सकहरुले दिएका छन् ।

त्यस्तै पत्रिकाले गृहको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश शीर्षकमा अर्को समाचार छापेको छ । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको हो ।
यसैगरी ‘द्वन्द्वपीडितका नाममा ४९ करोड खर्च, उपलब्धि शून्य’ शीर्षकमा राजधानी दैनिकको पहिलो पृष्ठमा अर्को समाचार छापेको छ । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको काम निष्प्रभावी भएको छ ।

सत्य र न्यायनिरुपण गर्न बनेका दुई आयोगमा ६३ हजार बढी उजुरी पर्यो तर अलमलमै चार वर्ष बितेको छ । पीडितलाई न्यायको अनुभूति दिलाउनुको साँटो सम्बन्धित पक्षले उनीहरुको पीडामाथि खेलाँची गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ६ : ५५ बजे

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु– दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता

एनपीएलको दोस्रो क्वालिफायरमा विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा आज विराटनगर किङ्ग्स

विश्व शान्ति कार्यक्रम’ लुम्बिनीमा आजबाट सुरु

लुम्बिनी– लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा तीन दिने ‘विश्व शान्ति

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी– जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद

खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख

कैलाली– लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी