टर्कीको चुनावमा संगठित अपराध भएको आशंका: एर्दोगान « Khabarhub

टर्कीको चुनावमा संगठित अपराध भएको आशंका: एर्दोगान


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टर्की– टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगानले हालै भएको स्थानीय निर्वाचनमा मुलुकको सबैभन्दा ठूलो शहर इस्तानबुलमा भएको मतदानका क्रममा मतपेटिकामा ‘संगठित अपराध’ भएको हुनसक्ने जनाएका छन् ।

रुस भ्रमणमा जानुअघि पत्रकार सम्मेलनमा राष्ट्रपति एर्दोगानले मतपेटिका संगठित अपराधको सिकार भएको हुनसक्ने बताएका हुन् ।

इस्तानबुल शहरमा एर्दोगानको जस्टिस एण्ड डेभलोपमेन्ट पार्टी एकेपीका तर्फबाट मेयर पदका उम्मेद्वार पूर्व प्रधानमन्त्री बिन्याली यिल्द्रिम विपक्षी रिपब्लिकन पिपुल्स पार्टी सीएचपीका उम्मेद्वार एक्रम इमामोग्लुसँग २५ हजार भन्दा धेरै मत अन्तरले पराजित भएका थिए ।

आफ्ना उम्मेद्वार पराजित भएपछि एकेपीले त्यहाँ पुनः मतगणना गर्न भन्दै निर्वाचन बोर्डसमक्ष उजुरी दिएको थियो । उजुरीपश्चात शहरका केही जिल्लामा दोहोर्याएर गरिएको मतगणनामा दुई उम्मेद्वारबीचको मतअन्तर १६ हजारमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एकेपीले भने शहरका सबै जिल्लामा दोहो¥याएर मतगणना हुनुपर्ने माग गर्दै आएको छ ।

राष्ट्रपति एर्दोगानले भने एक करोडभन्दा धेरै जनसङ्ख्या रहेको शहरमा कुनै उम्मेद्वार केबल २० हजार भन्दा कम मत अन्तरले पराजित हुँदा त्यसमा षड्यन्त्र भएको हुनसक्ने आशंका पैदा हुने जनाएका छन् ।

अर्कोतर्फ इस्तानबुलको चुनाव जितेको सीएचपीले भने एर्दोगानको भनाइको निन्दा गर्दै एर्दाेगानको मागबमोजिम निर्वाचन बोर्डले दोहो¥याएर मतगणना गराए वा दोश्रो चरणको निर्वाचनको मिति घोषणा गरे त्यसले निर्वाचन बोर्डको विश्वसनीयता तथा निष्पक्षतामा प्रश्न उठ्ने भन्दै त्यसो नगर्न आह्वान गरेको छ ।

गत मार्च ३१ मा भएको स्थानीय निर्वाचनमा एकेपीले सबैभन्दा ठूलो शहर इस्तानबुलसहित टर्कीका महत्वपूर्ण शहरहरु राजधानी अंकारा, तेश्रो ठूलो शहर इज्मिरसहित महत्वपूर्ण शहरमा विजयी भएको थियो ।

स्थानीय निर्वाचनमा एकेपीको पराजयलाई टर्कीमा २००३ यता सत्तामा रहेका राष्ट्रपति एर्दोगानको ओरालो यात्रा शुरु भएको अर्थमा विश्लेषण गर्न थालिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ७ : ०० बजे

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही