सभामुख महराद्वारा बंगलादेशका सभामुखसँग शिष्टाचार भेट « Khabarhub

सभामुख महराद्वारा बंगलादेशका सभामुखसँग शिष्टाचार भेट


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- सभामुख कृष्णबहादुर महराले बंगलादेशको संसदका सभामुख डा. शिरिन शर्मिन चौधरीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

अन्तर व्यवस्थापिका संघ (आइपियू)को १४० औं सभामा सहभागी हुन कतार आएका बंगलादेशका सभामुखसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटमा आ आफ्नो देशको संसदीय अभ्यास, परम्परा र अनुभव आदानप्रदान गरिएको थियो ।

भेटमा सभामुख महराले नेपालको संसदका तर्फबाट गठन गरिएको नेपाल बंगलादेश संसदीय मैत्री संघको नामावली बंगलादेशका सभामुखलाई हस्तान्तरण गरेका थिए ।

साथै नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको जानकारी गराउँदै सभामुखसहितको टोलीलाई नेपाल भ्रमणका लागि आग्रह गरे ।

भेटमा आइपियूमा सहभागी बंगलादेशका सभामुखसहितको संसदीय प्रतिनिधि मण्डल र नेपालका तर्फबाट आइपियूमा सहभागी नेपाली संसदीय प्रतिनिधि मण्डलका सदस्यहरुको पनि सहभागिता थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ११ : १६ बजे

पहिले टिकट काटेर जानुपर्ने पोखराको सहिद पार्क आजकल सुनसान (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि