प्रकाश सपूत भन्छन् – ‘दोहोरी ब्याटल २’ बलिउड/हलिउडका गीत सुन्नेका लागि | Khabarhub Khabarhub

प्रकाश सपूत भन्छन् – ‘दोहोरी ब्याटल २’ बलिउड/हलिउडका गीत सुन्नेका लागि


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गीत ‘बोल माया’ गाएर धेरै स्रोताको आदर्श बनेका प्रकाश सपूतले सो गीतभन्दा केही महिना पहिले ‘दोहोरी ब्याटल’ सार्वजनिक गरेका थिए । सो गीत रिलिज भएपछि लोकगीतमा विकृति भएको भन्दै सपूतको विरोध भयो ।

‘बोल माया’ पछि सपूतलाई सिरियस लोकगीतका दर्शक तथा स्रोताले निकै सम्मानका साथ हेरे । यतिबेला भने उनले ‘दोहोरी ब्याटल २’ बजारमा ल्याएर चर्चामा आएका छन् । यद्यपि आधाभन्दा बढी दर्शकले गीतमा भएका शब्दलाई लिएर विरोध गरिरहेका छन् ।

यता गायक प्रकाश सपूतले यो गीत युवापुस्तालाई मध्यनजर गरेर बजारमा ल्याएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार अहिले दर्शकमा संगीतको स्वाद बदलिएको छ । सोहीअनुसार गायक सपूतले पनि ब्याटल शैलीको गीत बजारमा ल्याएका हुन् ।

‘अहिलेको पुस्तामा संगीतको स्वाद बदलिएको छ, जसले हलिउड तथा बलिउडका गीत सुन्नुहुन्छ, हामीले ती स्रोताका लागि यो गीत पस्केका हौँ,’ गायक सपूतले भने, ‘गीतको भिडियोमा पनि मेरो उपस्थिति एग्रेसिभ देखियोस् भनेर त्यही अनुसारको स्टाइल अपनाएको छु ।’

गीत तयार गर्दा पति–पत्नीको सम्बन्धविच्छेद भएर डिभोर्स पार्टी गर्न लागेकाले भिडियोमा पनि त्यही देखाउन खोजेको उनले बताए । नेपालको परिवेशमा ट्रिपरलाई खतराका रुपमा हेर्ने भएकाले भिडियोमा पनि ट्रिपरमा ‘बाटो छोड्’ भन्दै प्रवेश गरेको पनि सपूतले बताए ।

गीतमा प्रयोग गरिएका केही शब्दलाई लिएर विरोध समेत भएपछि उनले कथाको मर्मअनुसार यी शब्दहरु सामान्य हुने धारणा राखे ।

‘ब्याटल भन्नबित्तिकै सुनिराखेका साथीहरुलाई त सामान्य लाग्ला, अरु रिसाउन सक्नुहुन्छ, डिर्भोसको पार्टीमा त्यत्तिको शब्द निस्किनु त सामान्य नै हो, यो गीत हामीले युवापुस्तालाई नै टार्गेट गरेका हौँ ।’, सपूतले सुनाए ।

साथै एउटा गीतमा सबैको चित्त बुझाउन नसकिने र पहिले ‘बोल माया’ गाउँदा पनि कतिपय दर्शकले गीत लामो भएको प्रतिक्रिया दिएको उनले बताए ।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि चर्चा भइरहेको छ । युट्युबमा यो गीतलाई २४ लाखभन्दा बढीले हेरिसकेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  १२ : २४ बजे

‘कुल ब्वाइ’ले फिल्म खेल्ने पक्का, ‘होस्टल ३’ को मुख्य भूमिकामा अनुबन्ध

काठमाडौं– टिकटकबाट चर्चामा आएका पारस बम ‘कुल बोइ’ फिल्म ‘होस्टल

सर्लाहीमा आगलागीबाट करोडौँको क्षति

बरहथवा– सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति

नवलपरासीमा ओलीले भने : सुस्ता नेपाली भूमि हो, भारतले छाडोस् भन्दा मुद्दा चलाए

नवलपरासी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मिसन २०८४ त्यत्तिकै

सर्लाही प्रहरीद्वारा सात वटा टिपर नियन्त्रणमा 

सर्लाही– अबैधरुपमा खोलाबाट बालुवा र गिट्टी उत्खनन गरेर लोडिंग गरिरहेको

विश्व बैंकको १३ अर्ब १३ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर