प्रकाश सपूत भन्छन् – ‘दोहोरी ब्याटल २’ बलिउड/हलिउडका गीत सुन्नेका लागि « Khabarhub

प्रकाश सपूत भन्छन् – ‘दोहोरी ब्याटल २’ बलिउड/हलिउडका गीत सुन्नेका लागि


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गीत ‘बोल माया’ गाएर धेरै स्रोताको आदर्श बनेका प्रकाश सपूतले सो गीतभन्दा केही महिना पहिले ‘दोहोरी ब्याटल’ सार्वजनिक गरेका थिए । सो गीत रिलिज भएपछि लोकगीतमा विकृति भएको भन्दै सपूतको विरोध भयो ।

‘बोल माया’ पछि सपूतलाई सिरियस लोकगीतका दर्शक तथा स्रोताले निकै सम्मानका साथ हेरे । यतिबेला भने उनले ‘दोहोरी ब्याटल २’ बजारमा ल्याएर चर्चामा आएका छन् । यद्यपि आधाभन्दा बढी दर्शकले गीतमा भएका शब्दलाई लिएर विरोध गरिरहेका छन् ।

यता गायक प्रकाश सपूतले यो गीत युवापुस्तालाई मध्यनजर गरेर बजारमा ल्याएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार अहिले दर्शकमा संगीतको स्वाद बदलिएको छ । सोहीअनुसार गायक सपूतले पनि ब्याटल शैलीको गीत बजारमा ल्याएका हुन् ।

‘अहिलेको पुस्तामा संगीतको स्वाद बदलिएको छ, जसले हलिउड तथा बलिउडका गीत सुन्नुहुन्छ, हामीले ती स्रोताका लागि यो गीत पस्केका हौँ,’ गायक सपूतले भने, ‘गीतको भिडियोमा पनि मेरो उपस्थिति एग्रेसिभ देखियोस् भनेर त्यही अनुसारको स्टाइल अपनाएको छु ।’

गीत तयार गर्दा पति–पत्नीको सम्बन्धविच्छेद भएर डिभोर्स पार्टी गर्न लागेकाले भिडियोमा पनि त्यही देखाउन खोजेको उनले बताए । नेपालको परिवेशमा ट्रिपरलाई खतराका रुपमा हेर्ने भएकाले भिडियोमा पनि ट्रिपरमा ‘बाटो छोड्’ भन्दै प्रवेश गरेको पनि सपूतले बताए ।

गीतमा प्रयोग गरिएका केही शब्दलाई लिएर विरोध समेत भएपछि उनले कथाको मर्मअनुसार यी शब्दहरु सामान्य हुने धारणा राखे ।

‘ब्याटल भन्नबित्तिकै सुनिराखेका साथीहरुलाई त सामान्य लाग्ला, अरु रिसाउन सक्नुहुन्छ, डिर्भोसको पार्टीमा त्यत्तिको शब्द निस्किनु त सामान्य नै हो, यो गीत हामीले युवापुस्तालाई नै टार्गेट गरेका हौँ ।’, सपूतले सुनाए ।

साथै एउटा गीतमा सबैको चित्त बुझाउन नसकिने र पहिले ‘बोल माया’ गाउँदा पनि कतिपय दर्शकले गीत लामो भएको प्रतिक्रिया दिएको उनले बताए ।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि चर्चा भइरहेको छ । युट्युबमा यो गीतलाई २४ लाखभन्दा बढीले हेरिसकेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  १२ : २४ बजे

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीले आज राजीनामा दिने

काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। बागमती

यी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन

नयाँ दिल्ली – भारतीय राजधानी नयाँ दिल्लीका सडकहरूमा भत्किएका ब्यारिकेड,

विश्वकपमा मेसीका २१ सर्वकालीन कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लिओनेल मेसीले फिफा विश्वकप फुटबलको इतिहासमा