डोटीमा हावाहुरीको वितण्डा– लाखौंको क्षति, भोकमरी हुने चिन्ता « Khabarhub

डोटीमा हावाहुरीको वितण्डा– लाखौंको क्षति, भोकमरी हुने चिन्ता


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी–  जिल्लाको आदर्श गाउँपालिका वडा नँ १ चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको स्थानीयवासी दीपकबहादुर खड्काले जानकारी दिए ।

एकतले भवन रहेको उक्त कार्यालय हावाहुरीले उडाउँदा कार्यालयमा भएका स्वास्थ्य जाँच गर्ने उपकरण तथा औजारमा पनि क्षति हुनाका साथै केही उपकरण पनि उडाएकोे बताइएको छ । छाना मर्मतसहित अन्य उपकरणको व्यवस्था मिलाइदिन स्थानीयवासीले आग्रह गरेका छन् ।

भोकमरी हुने चिन्ता

हावाहुरीसँगै आएको असिनाले जिल्लाका विभिन्न ठाउँमा लाखौँको बालीनाली नोक्सानी गरेको कृषि ज्ञान केन्द्र सिलगढी डोटीले जनाएको छ ।

केन्द्रका अनुसार जिल्लाका बडिकेदार, जोरायल, केआइसिंह, सायल, आदर्श, पूर्वीचौकी, बोगटानलगायत गाउँपालिका तथा शिखर नगरपालिका– १ मा ठूलो मात्रामा असिना परेको छ ।

असिनाका कारण सो क्षेत्रका सयौँ रोपनी खेतमा लगाइएको लाखौँको गहुँजौ खेती, तोरीबाली तथा तरकारीलगायत अन्यबालीमा ठूलो नोक्सानी पुगेको छ । असिना तथा हावाहुरीले जिल्लामा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

सोमबार साँझ ५ बजेतिर आएको हावाहुरीसँगै परेको असिनाले पाकेर भित्र्याउनै लागिएको गहुँबालीमा बढी नोक्सान पुर्‍याएपछि यहाँका किसान भोकमरी हुने चिन्तामा परेका छन् ।

जिल्लाका लेकाली क्षेत्रमा गहुँ र तोरी खेतीमा आश्रित किसान असिना पानीले फुलेको तोरी र पाकेको गहुँमा क्षति पुगेपछि निराश भएका छन् । असिनाले किसानले लगाएका टमाटर, बन्दा, प्याज र काँक्रा खेतीमा समेत नोक्सानी पुगेको बताइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  २ : ४९ बजे

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी