निर्धक्क भएर नेपालमा लगानी गर्न फ्रेन्च लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह « Khabarhub

निर्धक्क भएर नेपालमा लगानी गर्न फ्रेन्च लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डाक्टर युवराज खतिवडाले निर्धक्क भएर नेपालमा लगानी गर्न फ्रेन्च लगानकर्तालाई आह्वान गरेका छन् ।

मंगलबार उद्योग वाणिज्य महासंघको कार्यालयमा भएको नेपाली र फ्रेन्च उद्यमी व्यवसायीहरूबीच नेपालमा संयुक्त सहकार्यका सम्भाव्यता खोजी गर्ने सम्बन्धमा भएको छलफलका क्रममा मन्त्री खतिवडाले यस्तो आह्वान गरेका हुन् ।

कार्यक्रममा मन्त्री खतिवडाले नेपालले विदेशी लगानी ल्याउने तयारी गरिरहेको भन्दै नेपालमा लगानीको पूर्ण वातावरण भएकाले निर्धक्क भएर लगानी गर्न फ्रान्सेली कम्पनीहरूलाई आग्रह गरेका हुन् । उनले भने, ‘नेपाल र फ्रान्स बीचको दौत्य सम्बन्ध जतिकै मजवूद आर्थिक सम्बन्ध पनि हुनुपर्छ ।’ नेपालमा लगानी बढाउने इच्छा देखाएर आएकोमा स्वागत गरेका मन्त्री खतिवडाले भने,‘फ्रेन्च लगानीकर्ताहरूले खोजे अनुसारको लगानीको वातावरण दिन सरकार तयार छ।

कार्यक्रममा नेपाल भ्रमणमा आएको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीहरूसँग भएको व्यवसायिक भेटवार्तामा नेपाली उद्यमी व्यवसायीहरूले सहकार्यका सम्भाव्य क्षेत्रहरू प्रस्तुत गरेका थिए । फ्रान्सेली कम्पनीहरूका तर्फबाट जल तथा नविकरणीय उर्जा, सूचना तथा संचार प्रविधि, दीगो र स्मार्ट शहरीकरण, कृषि तथा खाद्य प्रशोधन, शहरी यातायात, फोहर व्यवस्थापन लगायतका क्षेत्रमा सहकार्यको सम्भाव्यता प्रस्तुत गरिएको थियो ।

भारत तथा फ्रान्समा लगानी गरिरहेका १५ वटा फ्रान्सेली कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत फ्रान्सा जाभियरले दुई देश बीचको व्यवसायिक सहकार्यमा कार्यक्रमलाई परिणामदायी बनाउन आफूले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा दिल्लीस्थित फ्रान्सेली राजदूतावासका क्षेत्रीय आर्थिक विभाग प्रमुख एवं मिनिष्टर अफ काउन्सिलर जो मार्क फनेले नेपालमा लगानी विस्तार गर्न फ्रान्सेली लगानीकर्ता इच्छुक रहेको बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ३ : ०० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको