सडक विस्तार आयोजनामा करोडौंको भ्रष्टाचार, कर्मचारीसहित ७ जनाविरुद्ध मुद्दा दर्ता « Khabarhub

सडक विस्तार आयोजनामा करोडौंको भ्रष्टाचार, कर्मचारीसहित ७ जनाविरुद्ध मुद्दा दर्ता


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भोजपुरबाट टक्सार, कोट र गगने हुँदै लेकखर्क जोड्ने सडकमा करोडौं रुपैयाँको आर्थिक अनियमितता भएको फेला परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट उक्त सडक विस्तारमा १ करोड १० लाख ८० हजारको भ्रष्टाचार भएको फेला परेको हो ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय भोजपुरले उन्नति कार्यक्रमअन्तर्गत शुरु गरेको सडक परियोजनामा प्राविधिक कार्यालयकै तत्कालीन प्रमुखसहितका कर्मचारीको संलग्नतामा भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

उक्त सडक परियोजनाको ठेक्का सम्झौता गर्दा ठेकेदार कम्पनी एमके निर्माण प्रालि र वाइपी कन्सट्रक्सनका नाममा नक्कली धितो देखाइ भुक्तानी दिइएको देखिएको हो ।

कृषि विकास बैंकको मुख्य शाखा कार्यालय काठमाडौंको रत्नर्पार्कका तत्कालीन शाखा अधिकृत छविलाल ढकाल समेतको मिलेमतोमा नक्कली धितोमा बैंक ग्यारेन्टी देखाएर रकम चलाइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारले जिल्ला प्राविधिक कार्यालयका तत्कालीन प्रमुख लालु गिरी, लेखापाल रामबहादुर दहाल, कृषि विकास बैंकको रत्नपार्क शाखाका तत्कालीन शाखा अधिकृत छविलाल ढकालविरुद्ध १ करोड १० लाख ८० हजार रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय माग दाबी गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै एमके निर्माण प्रालिका प्रवन्ध निर्देशक माधवप्रसाद खनाल र वाइपी कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक राजु श्रेष्ठविरुद्ध पनि अख्तियारले १ करोड १० लाख ८० हजार बिगो तथा जरिवाना र कैद सजाय माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले एमके वाइपी जेभीका आधिकारिक प्रतिनिधि रणधिर तुम्बाविरुद्ध ५५ लाख ३० हजार र देवजंग शाहीविरुद्ध ५ लाख ५५ हजार रुपैयाँ बिगो दाबी तथा जरिवाना र कैद सजाय माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ५ : ३६ बजे

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी

भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट