विहीबारका दिन देवताका गुरु बृहस्पति र भगवान विष्णुको पूजा किन गरिन्छ ? « Khabarhub

विहीबारका दिन देवताका गुरु बृहस्पति र भगवान विष्णुको पूजा किन गरिन्छ ?


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक बार मानिसहरुले विभिन्न देवी देवताहरुको पूजा अर्चना गर्ने गर्छन् । बार अनुसार नै भगवानको पूजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि समर्पित छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ ।  पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ ।

त्यसाे त राशिचक्र अनुसार  धनु र मीन राशिका स्वामी पनि बृहस्पतिलाई नै मानिन्छ । ज्ञान र बुद्धिका  दाता समेत मानिन्छ । त्यसैले विहीबारका दिन बृहस्पतिको पूजा गरिन्छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ६ : १७ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट