आज दिउँसो पहाडी भूभागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना « Khabarhub

आज दिउँसो पहाडी भूभागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-केहिदिन यता मौसममा सुधार आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले ३ दिनको मौसमको पूर्वानुमान गर्दै देशैभरी मौसम सफा रहने जानकारी दिएको छ । आज (बिहीबार) दिउँसो पानी पर्ने सम्भावना भएपनि हावाहुरी तथा अन्य मौसमी प्रकोपको कुनै सम्भावना नहरहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

हेर्नुहोस् महाशाखाले जारी गरेको ३ दिन मौसमको पूर्वानुमान

बैशाख २६ गते (बिहीबार):

दिउँसोः देशभर मौसम सामन्यतया सफा रहनेछ तथापि पहाडि भू-भागमा अपरान्ह पछि आंशिक बदलिको सम्भावना छ । पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

राति: देशको पूर्वी पहाडी भु-भागमा आंशिक बदलि रही बाँकि भू-भागमा सामान्यतया सफा रहने देखिन्छ। पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ ।

बैशाख २७ गते (शुक्रवार):
दिउँसो: देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदलिको सम्भावना छ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

राति: देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमि भू-भागमा आंशिक बदलिको संभावना छ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने संभावना छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

बैशाख २८ गते (शनिवार):

दिउँसो: पूर्वी तथा मध्य भेग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र बाँकी भागहरुमा आंशिक बदलिको सम्भावना छ । पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

राति: पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भागहरुमा सामान्यतया सफा देखि आंशिक बदलि सम्म रहने सम्भावना छ । पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ७ : ११ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित