प्रधानमन्त्री आज भियतनाम जाँदै, तीन समझदारी गर्ने तयारी « Khabarhub

प्रधानमन्त्री आज भियतनाम जाँदै, तीन समझदारी गर्ने तयारी


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–एक साता लामो भियतनाम र कम्बोडियाको भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) त्यसतर्फ प्रस्थान गर्दैछन् ।
भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा ती देशको औपचारिक भ्रमणका लागि त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलगायतको टोली रहेको छ।

भ्रमणका क्रममा भियतनामसँग तीन समझदारी गर्ने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रबद्र्धन र दिपक्षीय संयन्त्रसम्बन्धी समझदारी गर्ने सरकारको तयारी छ । कुटनीतिक सम्बन्ध रहेपनि त्यो संघन हुन नसकेकाले भ्रमण तय गरिएको र दुई देशबीचको सम्बन्धलाई यो भ्रमणले थप मजबुद बनाउने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।

त्यस्तै कम्बोडियासँग विगतमा भएका समझदारी कार्यान्वयन गर्न यो भ्रमण सफल हुने अपेक्षा गरिएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपाल भ्रमणमा आएका बेला नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाई, द्विपक्षीय सहयोग र सांस्कृति आदानप्रदान तथा व्यापार प्रबद्र्धन गर्ने समझदारी भएको थियो ।

तिनै समझदारीलाई यो भ्रमणले कार्यान्वयन तहमा पुर्‍याउने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीको विदेश भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले हिजो (बुधबार) गरेको पत्रकार सम्मेलनमा भ्रमणमा पर्यटनकै विषयमा छलफल हुने जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका क्रममा पर्यटन प्रबद्र्धन र सांस्कृतिक आदानप्रदानमा केन्द्रित हुने बताए । गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि पर्यटक सीधै लुम्बिनी ल्याउने गरी हवाई सम्झौता हुने विषयमा छलफल हुने पनि बताए ।

एक साता लामो भ्रमण सकेर प्रधानमन्त्री नेतृत्वको टोली जेठ १ गते स्वदेश फर्कने छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ८ : १३ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित