लुकाएर चुरोट लैजाने ८ चिनियाँ नागरिकको भिसा रद्द « Khabarhub

लुकाएर चुरोट लैजाने ८ चिनियाँ नागरिकको भिसा रद्द


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलवर्न–लुकाएर चुरोट लैजाने ८ जना चिनियाँ नागरिकका भिसा अस्ट्रेलियाले रद्द गरेको छ ।

अस्ट्रेलियाको मेलवर्न अन्तर्राष्ट्रिय विमानस्थलमा लुकाएर ठुलो परिणाममा चुरोट आयात गरेको आरोपमा ८ चिनिँया नागरिकको भिसा रद्द गरिएको हो ।

गत मे ६ मा हङ्गकङ्ग हुँदै मेलर्वन प्रस्थान गरेका ८ जनाको समुहले चुरोट लगेजमा लुकाएर अस्ट्रेलिया भित्रिने प्रयास गरेको अस्ट्रेलियन बोर्डर फोर्सले जनाएको छ ।

उनीहरुले झण्डै १ लाख ७० हजार अस्ट्रेलियन डलर बराबरको चुरोट लुकाएरै त्यहाँ सम्म पुर्‍याउने प्रयास गरेका थिए ।

पर्यटक भिसामा अष्ट्रेलिया पुगेका उनीहरुलाई पक्राउ गरी भिसा रद्द गर्नुका साथै स्वदेश फर्काउन अध्यागमन थुनुवा केन्द्रमा राखिएको छ ।

नेपालबाट अस्ट्रेलिया जानेले पनि यो घटनाबाट पाठ सिक्नुपर्ने अस्ट्रेलियामा बसेका नेपालीहरुले बताएका छन् ।

विभिन्न बहानामा स्वघोषणा नगरी लुकाएर सामान लैजाँदा समस्या पर्ने भएकाले अस्ट्रेलियाको यात्रामा रहने जो कोहीले अवैध भनिएका र लुकाएर लैजाने सामानको बढी निगरानी हुने कुरालाई ख्याल गर्न सुझाव दिएका छन् । यस्तो अवस्थामा अस्ट्रेलियन अध्यागमले फेला पारे सोझै भिसा रद्द गर्ने र स्वदेश फर्काउने गरेको छ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ८ : ५४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब