प्रचण्ड र सीताको ५० औ वैवाहिक वर्षगाँठ, ५ बजे खुमलटारमा कार्यक्रम | Khabarhub Khabarhub

प्रचण्ड र सीताको ५० औ वैवाहिक वर्षगाँठ, ५ बजे खुमलटारमा कार्यक्रम


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो वैवाहिक वर्षगाँठ मनाउँदैछन् ।

पत्नी सीतासँग वैवाहिक सम्बन्धमा बाँधिएको ५० वर्ष पूरा भएको उपलक्ष्यमा पारिवारिक जमघटसहित वैवाहिक वर्षगाँठ मनाउने प्रचण्डको तयारी छ ।

प्रचण्डको सचिवालयका अनुसार छोरीहरुले आफ्ना बुबाआमाको ५० औ वैवाहिक वर्षगाँठलाई स्मरण योग्य बनाउन पारिवारिक जमघट राखेको जानकारी दिएको छ । अहिले सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आएको ‘प्रचण्डको पुनः बिहे’ भन्ने शीर्षकका समाचार गलत भएको सचिवालयको दाबी छ । यो विशुद्ध पारिवारिक भेटघाट रहेको सचिवालयले जनाएको छ ।

नेतृत्व तहमा पुगेका व्यक्तिको पनि पारिवारिक जीवन हुने भन्दै सचिवालयले छोरीहरु रेणु दाहाल र गंगा दाहालले बुबाआमालाई खुसी बनाउन सानो भेला आयोजना गरेको जनाएको छ ।

यो जमघटमा प्रचण्डको नजिकका व्यक्तिलाई आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ९ : ४३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस