काठमाडौंमा हैजा देखियो, मनसुनमा रोग फैलिने खतरा! « Khabarhub

काठमाडौंमा हैजा देखियो, मनसुनमा रोग फैलिने खतरा!


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा एक व्यक्तिमा हैजा भएको पाइएको छ । निरन्तर पखाला लाग्ने समस्या लिएर टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका ताहचलका एक पुरुषलाई हैजा भएको फेला परेको हो ।

अस्पतालले उनको दिसा परीक्षण गदा हैजा भएको पुष्टि भएको हो । वर्षा शुरु नहुँदै काठमाडौंमै हैजा देखिएकाले वर्षाको समयमा हैजा फैलिने सम्भावना उच्च रहेको शुक्रराज अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताए ।

‘हैजा विशेषगरी फोहोर खाना र दुषित पानीको प्रयोगबाट लाग्ने गदर्छ । हैजाको प्रकोप धेरैजस्तो वर्षायाममा देखिन्छ तर काठमाडौंमा वर्षा अगावै हैजा देखिनु रोग फैलिन सक्ने संकेत पनि हुनसक्छ,’ उनले भने, ‘त्यसैले काठमाडौंबासीले समयमै सहज हुनुपर्छ ।’

हैजाको लक्षण

–लगतातार दिसा आइरहनु,

–बान्ता हुन्छ,

–दिसामा चौलानी जस्तो पानी बग्ने,

–पेट दुख्ने,

–खुट्टा बाउडिने,

–आँखा भित्र गड्ने आदि ।

कसरी सजक रहने ?
–शौचालय  गइसकेपछि राम्रोसँग हात धुने,

–पानी शुद्धीकरण गरेर वा उमालेर मात्रै खाने,

–गुणस्तर भएको पानी मात्रै किनेर खाने,

–काँचै खाइने खानेकुरा तथा फलफुल राम्रोसँग पखालेर मात्रै खाने,

–सकेसम्म बाहिरको खाना नखाने ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १० : १९ बजे

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा

सरकारले भन्यो : सहकारीपीडितको रकम फिर्ता गर्ने कानुन बनाउन अध्यादेश सिफारिस

काठमाडौँ । सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि,

अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिडभाड

मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

मनाङ – औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो