सिमेन्टमा ‘आत्मनिर्भर’ बन्दै सुदूरपश्चिम, भारतसँगको परनिर्भरता हट्यो « Khabarhub

सिमेन्टमा ‘आत्मनिर्भर’ बन्दै सुदूरपश्चिम, भारतसँगको परनिर्भरता हट्यो


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


धनगढी– केही समय अगाडिदेखि निजी तथा सार्वजनिक निर्माणका लागि भारतबाटै सिमेन्ट आयात हुने सुदूरपश्चिममा अहिले भने स्वदेशी सिमेन्टको प्रयोग बढ्दै गइरहेको छ ।

अघिल्ला वर्षसम्म भन्सारबाट आयात हुने मालबस्तुमा धेरैजसो सिमेन्ट नै हुन्थ्यो । तर, पछिल्लो समय सुदूरपश्चिममा स्वदेशी सिमेन्टको प्रयोग बढ्दै गइरहेको छ ।

नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसारको परिमाणमा सिमेन्ट उत्पादन गर्न थालेसँगै सुदूरपिश्चिममा सिमेन्टका लागि भारतसँग रहेको निर्भरता पनि हटेको छ ।

दाङस्थित सोनापुर मिनरल एण्ड आयल प्रालिका सञ्चालक श्याम तायलले सिमेन्ट उत्पादनका क्षेत्रमा पछिल्लोपटक नेपालमा भएको उपलब्धिले भारतीय सिमेन्ट आयात रोकिएको बताए । ‘नेपालमा सिमेन्टको निर्माण लागत भने भारतमा भन्दा बढी छ,’ तायल भन्छन्, ‘सरकारले कोइलाको आयात र बिजुली महसुलमा छुट दिन सके निर्माण लागत कम पर्ने भई उभोक्ताले हालको भन्दा सस्तोमा सिमेन्ट पाउन सक्छन् ।’

उत्पादन गर्ने कम्पनीअनुसार सिमेन्टको गुणस्तर पनि फरक–फरक हुने गरेको बताइएको छ । नेपालमा हाल सञ्चालनमा रहेका ५० भन्दा बढी सिमेन्ट उद्योगले दैनिक झण्डै २० हजार टन सिमेन्ट उत्पादन गरिरहेको अनुमान गरिएको छ ।

नेपालका दाङ, भालुवाङ, भैरहवा, हेटौँडा, मिर्चैया, हिले, नवलपरासी, उदयपुरलगायतका क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । यस क्षेत्रमा नेपाली सिमेन्ट प्रतिबोराको बजार मूल्य हाल रु ७६० देखि ७८० सम्म छ ।

कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत ईश्वरीप्रसाद अर्यालले भन्सार नाका हुँदै विसं २०७४ सम्म भारतीय सिमेन्ट आयात भएकामा त्यसपछि आयात बन्द भएको जानकारी दिए । सिमेन्ट आयात गर्दा मूल्य अभिवृद्धि कर (भ्याट), भन्सार र अन्तःशुल्क लाग्ने गरेको छ । स्वदेशमा उत्पादिन सिमेन्ट सुदूरपश्चिम प्रदेशमा आयात नहुँदा २०७४ अघिसम्म यस क्षेत्रमा निर्माण गरिने भौतिक संरचनामा भारतबाट आयात हुने सिमेन्ट प्रयोग गर्ने गरिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १० : ४० बजे

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा