भेनेजुएला संकट– विपक्षी नेताका सहायक पक्राउ « Khabarhub

भेनेजुएला संकट– विपक्षी नेताका सहायक पक्राउ


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  भेनेजुएलामा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुआँ गुआइदोका सहायकलाई पक्राउ गरिएको छ ।

राजधानी कराकासमा सेबिन नामक भेनेजुएलाको गुप्तचर दस्ताले गुआइदोका सहायक एजर जाम्ब्रानोलाई पक्राउ गरेका हुन् । पक्राउ गर्ने क्रममा जाम्ब्रानो सवार कारलाई अर्को ठूलो ट्रकले घिसारिएको थियो ।

राजधानी कराकासको ला फ्लोरिडा जिल्लामा स्थानीय समयअनुसार बेलुकी ६ बजेर ४० मिनेको समयमा सेबिनका सैनिकले उनको कारलाई घेरा हालेको र उनले आफ्नो कारबाट बाहिर निस्कन नमानेपछि अर्को ठूलो ट्रकले उनी कार भित्रै रहेका बेला सेबिनको मुख्यालयतर्फ घिसार्न शुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गुआइदोले पनि ट्विटरमार्फत् उनी पक्राउ परेको पुष्टि गरेका छन् । उनले ट्विटरमा ‘उपराष्ट्रपति जाम्ब्रानो’ लाई सेबिनका सैनिकले गिरफ्तार गरेको लेखेका छन् ।

त्यसअघि त्यहाँको संसद्ले जाम्ब्रानो र अन्य ६ जना विपक्षी नेताहरुको पक्राउ गरी मुद्दा चलाउन सक्ने निर्णय गरेको थियो । त्यसअघि सर्वोच्च अदालतले विपक्षी नेताहरुले राष्ट्रघात, षड्यन्त्र र देशद्रोह गरेको अभियोगमा मुद्धा अघि बढाएको थियो ।

विपक्षी नेताहरुले भने सर्वोच्च अदालतमा समाजवादी राष्ट्रपति निकोलस मादुरोका समर्थक मात्रै रहेकाले उनीहरुको फैसलालाई मान्दै नमान्ने घोषणा गर्दै आएका छन् । यता विपक्षी नेता गुआइदोलाई समर्थन गर्दै आएको अमेरिकाले जाम्ब्रानोको पक्राउलाई गैरकानूनी भन्दै यसबाट भेनेजुएलाले नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ ।

यसअघि गत साता अमेरिकाको समर्थनमा गुआइदोको आह्वानमा भएको प्रदर्शन तथा सैनिक विद्रोहले राष्ट्रपति मादुरोलाई पदमुक्त गर्न असफल भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १ : १६ बजे

चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

तनहुँ– कृषि विकास कार्यालयले चैतेधान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई ८५

विश्वकप लिग-२ : कीर्तिपुरमा नेपाल र यूएई भिड्दै

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

शुक्रबार सबै सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा

टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’

काठमाडौं– टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन

देशका अधिकांश भागमा वर्षाको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक