अमेरिकासँग सम्बन्ध बिग्रदै गएपछि उत्तर कोरियाले फेरि गर्‍यो क्षेप्यास्त्र परीक्षण | Khabarhub Khabarhub

अमेरिकासँग सम्बन्ध बिग्रदै गएपछि उत्तर कोरियाले फेरि गर्‍यो क्षेप्यास्त्र परीक्षण


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले बिहीबार छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियाले स्थानीय समयअनुसार बेलुकी साढे चार बजे उत्तरपश्चिममा रहेको सिनो री क्षेत्रबाट हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो ।

सर्वोच्च नेता किम जोङ उनको व्यक्तिगत निरीक्षणमा छोटो दुरीका मल्टिपल रकेट लन्चरको परीक्षण गरेको एक लगत्तै उत्तर कोरियाले अर्को हतियार परीक्षण गरेको हो ।

दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले परीक्षण गरेको भनिएको पछिल्लो हतियारको किसिमबारे केही खुलाएको छैन ।

गत फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको दोश्रो शिखर वार्ता असफल भएयता उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध बिग्रिदै गएका बेला उत्तर कोरियाले गरेको पछिल्लो हतियार परीक्षणलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ४ : २० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास