राष्ट्रपति भण्डारी सर्वोच्चको चियापानमा सहभागी « Khabarhub

राष्ट्रपति भण्डारी सर्वोच्चको चियापानमा सहभागी


२६ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्या भण्डारी कानून दिवसको अवसर पारेर सर्वोच्च अदालतद्वारा आयोजित चियापान समारोहमा सहभागी भएकी छिन् ।

राष्ट्रपति भण्डारी कानून दिवसको अवसर पारेर बिहीबार रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमा आयोजित चियापान समारोहमा सहभागी भएकी हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका न्यायाधिशहरुलगायतको उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौंलाले न्याय सेवालाई अझै निष्पक्ष, छिटो छरितो, सर्वसुलभ र प्रभावकारी बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्वतन्त्र न्यायालयलाई अक्षुण राख्न पनि कानुन दिवसले हौसला प्रदान गर्ने गरेको पनि बताए । मुख्य रजिष्ट्रार निरौंलाले कानून दिवसको अवसर पारेर आयोजित चियापान समारोहमासहभागी हुनु भएकोमा राष्ट्रपति भण्डारीप्रति आभार पनि व्यक्त गरे ।

सर्वोच्च अदालतले हरेक वर्ष वैशाख २६ गते कानून दिवसको अवसर पारेर चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । नेपालमा पहिलो पटक विक्रम संवत २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो । त्यसमा २००९ साल बैशाख २६ गते तत्कालीन राजा त्रिभुवनले लालमोहर लगाएर कार्यान्वयनमा लगाएका थिए । सोही दिनको स्मरणमा हरेक बैशाख २६ गते कानुन दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  ५ : ४६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया