भाउजुसँग अनैतिक सम्बन्धका कारण श्रीमतीलाई जिउँदै जलाएको खुलासा | Khabarhub Khabarhub

भाउजुसँग अनैतिक सम्बन्धका कारण श्रीमतीलाई जिउँदै जलाएको खुलासा


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पेट्रोल छर्केर श्रीमतीलाई ज्यूँदै जलाउने धनुषाको शहीद नगरपालिका १ चिरैया टोलका २४ वर्षीय मुकेश गोइत यादव पक्राउ परेका छन् ।

मुकेशले वैशाख ५ गते दिउँसो श्रीमती निर्मलादेवी यादवलाई जिउँदै आगो लगाएका थिए । गम्भिर घाइते बनेकी निर्मलाको उपचारका क्रममा काठमाडौंको किर्तिपुरस्थित मोडल अस्पतालमा वैशाख १६ गते मृत्यु भयो ।

घटनापछि फरार मुकेशलाई प्रहरीले विशेष सूचनाको आधारमा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको गड्डा चौकीले हिजो पक्राउ गरेर यहाँ दाखिला गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

भाउजुसँग रहेको अनैतिक सम्बन्धले श्रीमतीको हत्या

भाउजुसँग अनैतिक सम्बन्ध रहेका कारण मुकेशले श्रीमती निर्मलाको हत्या गरेको खुलेको छ । प्रहरीले गरेको अनुसन्धानका क्रममा मुकेशले भाउजुसँग अनैतिक सम्बन्ध रखेको र सोही कारण श्रीमतीको हत्या गरेको स्वीकारेका हुन् ।

मुकेशले दिएको वयानको आधारमा प्रहरीले उनका भाउजु २५ की श्यामा देवी यादवलाई पनि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले मुकेश र उनका भाउजु श्यामामाथि कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ५ : ५३ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले