भाउजुसँग अनैतिक सम्बन्धका कारण श्रीमतीलाई जिउँदै जलाएको खुलासा « Khabarhub

भाउजुसँग अनैतिक सम्बन्धका कारण श्रीमतीलाई जिउँदै जलाएको खुलासा


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पेट्रोल छर्केर श्रीमतीलाई ज्यूँदै जलाउने धनुषाको शहीद नगरपालिका १ चिरैया टोलका २४ वर्षीय मुकेश गोइत यादव पक्राउ परेका छन् ।

मुकेशले वैशाख ५ गते दिउँसो श्रीमती निर्मलादेवी यादवलाई जिउँदै आगो लगाएका थिए । गम्भिर घाइते बनेकी निर्मलाको उपचारका क्रममा काठमाडौंको किर्तिपुरस्थित मोडल अस्पतालमा वैशाख १६ गते मृत्यु भयो ।

घटनापछि फरार मुकेशलाई प्रहरीले विशेष सूचनाको आधारमा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको गड्डा चौकीले हिजो पक्राउ गरेर यहाँ दाखिला गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

भाउजुसँग रहेको अनैतिक सम्बन्धले श्रीमतीको हत्या

भाउजुसँग अनैतिक सम्बन्ध रहेका कारण मुकेशले श्रीमती निर्मलाको हत्या गरेको खुलेको छ । प्रहरीले गरेको अनुसन्धानका क्रममा मुकेशले भाउजुसँग अनैतिक सम्बन्ध रखेको र सोही कारण श्रीमतीको हत्या गरेको स्वीकारेका हुन् ।

मुकेशले दिएको वयानको आधारमा प्रहरीले उनका भाउजु २५ की श्यामा देवी यादवलाई पनि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले मुकेश र उनका भाउजु श्यामामाथि कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ५ : ५३ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी