प्रधानमन्त्रीले आफ्नै गरिमालाई कायम राख्न नसकेको कांग्रेसको आरोप « Khabarhub

प्रधानमन्त्रीले आफ्नै गरिमालाई कायम राख्न नसकेको कांग्रेसको आरोप


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पदको मर्यादालाई कायम राख्न नसकेको दावी गरेको छ ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले आफ्नै पदको मर्यादा र गरिमालाई समेत कायम राख्न नसकेको प्रतिक्रिया दिए । बिहीबार पार्टीको राष्ट्रिय जागरण अभियानबारे जानकारी दिन पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीका हालसम्मका अभिव्यक्ति, वक्तव्य, अन्तरवार्ता सबैलाई हेर्ने हो भने त्यसमा आम जनतालाई, संसदलाई र आफ्नै पार्टीका कार्यकर्तालाई समेत अपमान गरेको दावी गरे ।

उपसभापति निधिले प्रधानमन्त्री ओलीले संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको बैठकमा गत २४ गते मंगलबार दिएको अभिव्यक्ति संसदीय मर्यादा विपरित रहेको उल्लेख गर्दै आपत्ति जनाए । उनले प्रधानमन्त्रीको उक्त गैर संसदीय भाषा हटाउने संसारभरको चलनलाई सभामुखले कार्यान्वयनमा नल्याएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

उपसभापति निधिले प्रधानमन्त्री ओलीलाई आफूले प्रधानमन्त्रीको रुपमा दिएको अभिव्यक्ति मर्यादित भए/नभएको ठण्डा दिमागले सोच्न पनि आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले गत बैशाख २४ गते मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि गरिएको पुरक प्रश्नको जवाफ दिने क्रममा ‘निम्छरो’ प्रश्न सोधेको टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिमा गैर संसदीय भाषा प्रयोग गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आपत्ति जनाउँदै आएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ६ : ५९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन