यी प्रक्रिया पूरा गर्दा पाइन्छ पोर्चुगलको पीआर « Khabarhub

यी प्रक्रिया पूरा गर्दा पाइन्छ पोर्चुगलको पीआर


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

हरेक वर्ष सयौँ नेपालहरु युरोपेली मुलुक पोर्चुगल जाने गर्छन् । रोजगारी, अध्ययन लगायतका शिलशिलामा पोर्चुगल जानेले त्यहाँको स्थायी बसोबास अनुमति पत्र पीआर कसरी पाउने भन्ने थाहा नहुन सक्छ ।

युरोपेली मुलुकका नागरिक पोर्चुगलमा बसोबास गर्न पाउँछन्, तर गैर युरोपेली मुलुकका नागरिकले भने पोर्चुगलमा बसोबासका लागि अनुमति पत्र लिनुपर्ने प्राबधान छ । तर, पोर्चुगलको पीआर पाउने चाहिँ कसरी ? पोर्चुगलले विभिन्न क्याटेगरीमा पीआर दिने गरेको छ । विवाह, रोजगारी, लगानी, पारिवारिक सम्बन्ध लगायतका क्याटेगरीमा पोर्चुगलले पीआर दिने गरेको छ ।

विवाह

तपाईंले कोही पोर्चुगिज नागरिकसँग विवाह गर्नु भयो भने तपाईं पोर्चुगलको पीआरका लागि योग्य हुनुहुन्छ । विवाहपछि तपाईंले ५ वर्षका लागि अस्थायी बसोबास अनुमति पत्रका लागि आवेदन दिन सक्नुहुन्छ । अस्थायी बसोबास अनुमति पत्र पाएको ५ वर्षपछि तपाईंले पीआरका लागि आवेदन दिन सक्नुहुन्छ । यो ५ वर्षको अवधिका तपाईं निरन्तर ५ वर्ष नै पोर्चुगलमा रहिरहनुपर्छ भन्ने चाहिँ हुन्न ।

रोजगारी

पोर्चुगलमा रोजगारीका सिलसिलामा आएका आप्रवासी कामदारले पनि पीआरका लागि आवेदन दिन सक्नेछन् । पोर्चुगलले द्विपक्षीय सन्धी अनुसार अमेरिका, क्यानाडा, अष्ट्रेलिया, ईजरायल, जापान र न्यूजिल्याण्डबाट आएका कामदारलाई ९० दिनभित्र बसोबास अनुमति पत्रका लागि आवेदन दिन सक्छन् । तर, ती मुलुकबाहेकका नागरिकका लागि भने स्वदेशमा रोजगार भिसाका लागि पोर्चुगलमा रोजगारी निश्चित भएको हुनपर्छ । पोर्चुगल पुगिसकेपछि निश्चित प्रक्रिया पुर्‍याएर रोजगारी भिसालाई बसोबास अनुमतिपत्रमा बदल्न सकिन्छ ।

लगानी

निकै महङ्गो प्रक्रिया भएपनि लगानीबाट पोर्चुगलमा पीआर पाउन सकिन्छ । यसका लागि निकै ठूलो धनराशी पोर्चुगलका विभिन्न क्षेत्रमा लगानी गर्नुपर्ने प्राबधान छ । यसअनुसार पोर्चुगलमा बसोबास गर्न चाहने अधिकांशले जनाले ५ लाख युरो बराबरको कुनै सम्पत्ति खरिद गरेर पीआरको आवेदन दिने गरेका छन् । यद्यपि यस्ता लगानीका अन्य क्षेत्र छन्, जसबाट पनि पीआरका लागि आवेदन दिने गरेको पाइन्छ ।

–वैज्ञानिक अध्ययन अनुसन्धानका लागि ३ लाख ५० हजार युरो लगानी

–पोर्चुगिज कला तथा संस्कृतिमा २ लाख ५० हजार युरो लगानी

–कम्तीमा १० जनालाई रोजगानी दिनसक्ने गरी कुनै व्यापारको शुरुआत वा

–५ लाख युरोसम्मको सानो तथा मध्यम उद्योगमा लगानी

पारिवारिक पुनर्मिलन

पारिवारिक पुनर्मिलनका लागि पनि आवेदकले पोर्चुगलको पीआरका लागि आवेदन दिन सक्छन् । पोर्चुगिज कानूनअनुसार पोर्चुगलका नागरिक वा स्थायी बसोबास अनुमतिपत्र लिएका व्यक्तिमा आश्रित परिवार वा नजिकका आफन्तलाई पोर्चुगलको पीआरका लागि आवेदन दिनसक्ने प्राबधान छ । यसका लागि आवश्यक प्रमाण, दस्तावेज तथा आपराधिक रेकर्ड नभएको निश्चित गरी आवेदन दिनुपर्छ ।

अध्ययन

पोर्चुगलमा अध्ययन गर्नेले पनि पीआरका लागि आवेदन दिन सक्ने प्राबधान छ । यसका लागि आवेदकको अध्ययन अवधि कम्तिमा पनि ६ महिनाभन्दा बढी समयको हुनुपर्छ । त्यसपछि विद्यार्थीले काम गर्ने अनुमति लिनुपर्छ । काम गर्ने अनुमति लिएको १ वर्षपछि विद्यार्थीले आफ्नो काम गर्ने अनुमतिलाई निश्चित प्रक्रिया पूरा गरेर बसोबास अनुमतिपत्रमा परिवर्तन गर्न सक्छन् ।

रिटायरमेन्ट

आफ्नो सक्रिय जीवनबाट सन्यास वा अवकाश लिएकाले आफ्नो बाँकी जीवन बिताउन पोर्चुगलमा बसोबास भिसाका लागि आवेदन दिन पाउने प्राबधान छ । यसका लागि आवेदकले आफ्नो वैधानिक राहदानी, आयको श्रोत, जीवन बीमाको प्रमाण तथा आपराधिक रेकर्ड नभएको निश्चित गर्ने दस्तावेजसहित आवेदन दिनुपर्ने प्राबधान छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ७ : २७ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको