यसरी रोकियो नेपाली कम्युनिस्ट नेताको भेनेजुएला यात्रा | Khabarhub Khabarhub

यसरी रोकियो नेपाली कम्युनिस्ट नेताको भेनेजुएला यात्रा


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका झन्डै २५ जना नेता सम्मेलनमा भाग लिन र ऐक्यबद्धता जनाउन भन्दै ल्याटिन अमेरिकी मुलुक भेनेजुएला जान लागेका थिए।

तर देशभित्रै भेनेजुएलाको सन्दर्भलाई लिएर अमेरिकासँग सम्बन्ध चिसिएको तथा सरकार र पार्टीबीच विवाद देखापरेपछि त्यहाँ जाने उनीहरूको कार्यक्रम स्थगित भएको छ।

भेनेजुएलामा राष्ट्रपति निकोलस मदुरो र विपक्षी नेता ह्वान गुएइदोबीचको संघर्षमा विश्व ध्रुव्रीकृत भएको छ।

नेकपाले मदुरोको पक्षमा वक्तव्य जारी गरेपछि नेपाल पनि विवादमा तानिएको थियो।

यस विषयलाई लिएर नेकपाकै दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका भनाइ नै फरकफरक आएका थिए।

नेकपाका सांसद बलरामप्रसाद बाँस्कोटाले केही दिन पहिले नेकपा र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई भेनेजुएला जानका लागि निम्तो बाँडेका थिए। आवश्यक भिसा र टिकटको पनि प्रबन्ध भइसकेको थियो।

बाँस्कोटाले प्रचण्डलाई निकोलस मदुरोको पक्षमा वक्तव्य जारी गर्न लगाएका भनेर उनी चर्चामा आएका थिए।

किन रोकियो कार्यक्रम
एक वर्ष अगाडि गठन भएको इन्टरनेसनल एसेम्ब्ली अफ पिपल्स अर्गनाइजेसन अफ मुभमेन्टले गर्न लागेको एउटा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन नेताहरू त्यहाँ जाने कार्यक्रम रहेको थियो।

हाललाई भ्रमण स्थगित भएको बाँस्कोटाले बताए।

उनले भने, ‘सम्मेलन २२ देखि २७ फेब्रुअरीसम्म हुने कार्यक्रम तय भएको थियो तर परिस्थितिजन्य कारणले अहिले स्थगित भएको छ।’

इन्टरनेसनल कोअर्डिनेसन कमिटीमा नेपालको प्रतिनिधित्व बाँस्कोटाले गरेका छन्।

कार्यक्रम भेनेजुएलामा गर्ने कि अर्को देशमा गर्ने भन्ने बारेमा नयाँ निर्णय लिइने बताइएको छ।

को-को नेता जानेवाला थिए भेनेजुएला
उक्त कार्यक्रममा जानका लागि निम्तो पाउने शीर्ष नेताहरूमा माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ रहेका थिए।

निम्तो दिने बेलामा नेता नेपालसँगै रहेका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार नेपालले आफू नजाने जानकारी गराएका थिए।

बाँस्कोटाले उक्त सम्मेलनका लागि निम्तो दिइएका सबैको नाम भने बताउन चाहेनन्।

उनले भने, ‘शीर्ष तहकै नेतृत्वमा नेकपा र जनमोर्चाका २२/२५ जना जाने कुरा थियो तर अब सम्मेलन स्थगित भइसकेकाले नाम भनेर काम छैन।’

सो सूचीमा महिला सङ्गठन र किसान सङ्गठनका नेताहरूको संख्या धेरै रहेको बताइएको छ।

उनले सम्मेलन स्थगित भएको बताए पनि सम्मेलनमा जानका लागि निम्तो पाएका राष्ट्रिय जनमोर्चाको किसान सङ्गठनका अध्यक्ष भैरव रेग्मीले भने कार्यक्रममा जानका लागि तयारीमै लागिरहेको बताए।

उनले भने, ‘सम्मेलन हो तर मुख्य उद्देश्य राजनीतिक भेटघाट र ऐक्यबद्धता जनाउन जान लागेका हौं।’

उनीसँगै उनको पार्टीका प्रदेशसभा सदस्य तारा जिसी जाने कार्यक्रम रहेको उनले बताएका थिए।-बिबिसी

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ९ : ३० बजे

औषधिको मूल्यबारे अध्ययन गर्न सुझाव समिति गठन

काठमाडौं– उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा

‘अन्तर व्यवस्थापिका संघको महासभामा नेपालको सहभागिता उपलब्धीमूलक’

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघको

माथिल्लो तामाकोशी पुनर्निर्माणमा २ अर्ब ५० करोड लाग्ने

काठमाडौं– दोलखामा सञ्चालित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको

लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु

एजेन्सी – लेबनानको स्वास्थ्य मन्त्रालयले मंगलबार दक्षिण बेरुत अस्पताल नजिकै

दसैँपछि घोडेपानी र पुनहिलमा बढे पर्यटक 

गलेश्वर– चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको