उत्तर कोरियासँग अमेरिकी प्रतिनिधिको वार्ता फलदायी : ट्रम्प « Khabarhub

उत्तर कोरियासँग अमेरिकी प्रतिनिधिको वार्ता फलदायी : ट्रम्प


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कूटनीतिज्ञले उत्तर कोरियामा गरेको वार्ता ‘फलदायी’ भएको बताएका छन्। यसका साथै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता भियतनामको हनोइ सहरमा हुने उनले बताए।

‘फलदायी वार्तापछि अमेरिकी प्रतिनिधि भर्खरै उत्तर कोरियाबाट फर्केका छन्। फेब्रुअरीको २६ र २७ मा किम जोङ उनसँगको शिखर वार्ता भियतनामको हनोइ शहरमा हुने पनि निश्चित गरेका छन्,’ ट्रम्पले ट्विटरमा लेखेका छन्।

शान्ति प्रक्रियाका लागि अध्यक्ष किम जोङ उनसँगको वार्ताको प्रतिक्षारत रहेको समेत ट्रम्पको भनाइ छ। भियतनामसँग उत्तर कोरिया र अमेरिका दुबै मुलुकको उत्तिकै राम्रो सम्बन्ध रहेको बताइन्छ।

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बाइगनले तीन दिनसम्म उत्तर कोरियाको भ्रमण गरी आफ्ना समकक्षी किम ह्योक चोलसँग वार्ता गरेका थिए।

किम र बाइगनबीच ट्रम्प–किम वार्ताअघि फेरी भेटवार्ता गर्ने सहमति बनेको बताइएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग फेब्रुअरी २६ र २७ मा भियतनाममा शिखर वार्ता गर्ने घोषणा गरेका थिए।

अमेरिकी विशेष प्रतिनिधि बाइगन र किमबीच गत बुधबारदेखि शुक्रबारसम्म बैठक भएको थियो। उनीहरुबीच सिंगापुर शिखर वार्तामा राष्ट्रपति ट्रम्प र किमबीच भएको सहमतिलाई गति दिने विषयमा छलफल भएको जनाइएको छ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १ : १८ बजे

अर्थ मन्त्रालयले हेजिङ सुविधा दिने संस्था तोक्दै

काठमाडौं – अर्थ मन्त्रालयले हेजिङ सुविधा दिने संस्था तोक्ने तयारी

बाराही हाइड्रोको आईपीओ खुल्यो

काठमाडौं – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि साधारण

कमलामाई मन्दिरको उत्पत्तिस्थलको पर्यटन प्रवर्द्धनमा जोड

सिन्धुली – कमलामाई नगरपालिकाले  कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवर्द्धन

बेनीमा नौ करोडका गौरवको आयोजनाको काम थालियो

म्याग्दी – बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९-८० मा रु

हँसिया प्रहारबाट एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

कैलाली – कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै