सरकारले विकासको प्राथमिकता छुट्याउनै सकेन : नेता पौडेल « Khabarhub

सरकारले विकासको प्राथमिकता छुट्याउनै सकेन : नेता पौडेल


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताएका छन् । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको एक महीने कार्यक्रमको शनिबार दमौलीमा समापन गर्दै वरिष्ठ नेता पौडेलले सरकार कुहिरोको कागजस्तै भएको आरोप लगाए ।

विकास र समृद्धिको मेरुदण्ड लोकतन्त्र र सुशासन भएकोमा जोड दिँदै नेता पौडेलले अहिले देशलाई लोकतन्त्र र सुशासनको आवश्यकता परेको बताए ।

कांग्रेसको नीतिले गर्दा मुलुक आज यो अवस्थामा आइपुगेको नेता पौडेलले दाबी गर्नुभयो । गाउँमा नै बसौँबसौं बनाउने कांग्रेसको अभियान अझै पूरा हुननसकेको बताउँदै उनले गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सके मानिस गाउँबाट पलायन नहुने दाबी गरे ।

जनतालाई साथमा लिएर कांग्रेसले भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलन शुरु गर्ने बताउँदै पौडेलले त्यसका लागि जनता जागरुक हुनुपर्ने बेला आएको बताए । उनले भने, ‘दोस्रो चरणको अभियान प्रचारमुखी होइन, सङ्गठनमुखी हुनुपर्छ, तल्लो तहदेखि नै कांग्रेसलाई मजबुत बनाउने सशक्त अभियान दोस्रो चरणमा आउँदैछ ।’

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ६ : ३८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन