ठूलो दुर्घटनाबाट जोगियो दिल्ली उड्न लागेको नेपाल एयरलाइन्सको विमान | Khabarhub Khabarhub

ठूलो दुर्घटनाबाट जोगियो दिल्ली उड्न लागेको नेपाल एयरलाइन्सको विमान


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

काठमाडौंबाट दिल्लीका लागि उडान भर्ने तयारी गरेको जहाज दुर्घटनाबाट जोगिएको हो ।

कल साइन २०५ को एयरबस ३२०–२०० जहाज आइतवार विहान ८ बजे दिल्लीको जाने तयारी गर्दै रनवेमा आएपछि पुन पार्किङ तर्फ गएको थियो । यसरी फर्कनुको कारण हो जहाजमा इन्टरनलर रेफ्रिरेन्स सिस्टम(आईआरएस) अन नगरिनु । आइआरएस अन नगरि विमान पार्किङ स्थलबाट रनवे तर्फ लगिएको थियो ।

पाकिस्तानी पाइलट मोहमद घानी र नेपाली को पाइलट उद्धव घिमिरेले ख्याल नगर्दा सिस्टम नै अन नगरी विमान रनवेमा लगिएको थियो । टेक अफको तयारी गर्दै गर्दा सिस्टम अन नभएको थाहा भएपछि विमानलाई पुन पार्किङमा लगिएको थियो ।

आईआरएस सिस्टमले पूर्ण रुपमा काम गर्न करीब १० मिनेटको समय लाग्छ । यदी आईआरएस सिस्टम अन नगरी विमानले उडान भरेको भए ठूला दुर्घटना हुन सक्ने सम्भावना हुन्थ्यो । तर रनवेमा पुगेपछि सिस्टम अन नभएको बारे थाहा पाएसँगै ठूलो दुर्घटनाबाट विमान जोगिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  २ : १२ बजे

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्