नेहा कक्करको कार्यक्रममा लफडा, ३ जना पक्राउ « Khabarhub

नेहा कक्करको कार्यक्रममा लफडा, ३ जना पक्राउ


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय गायिका नेहा कक्करले नेपालमा प्रस्तुति दिएको पहिलो कार्यक्रममा तनाव भएको छ । काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्समा शनिवार राति भएको ‘नेहा कक्कर लाइभ शो’मा तनाव सिर्जना भएको हो । कार्यक्रममा सिट क्षमताभन्दा बढी मान्छे आएपछि समस्या उत्पन्न भएको थियो ।

आयोजक प्यारामाउन्ट इन्टरटेनमेन्ट प्रालिले दर्शकको सिट क्षमताभन्दा बढी टिकट बेचेको भन्दै दर्शक बिच्किएका थिए । कार्यक्रम स्थलमा तनाव सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

कार्यक्रम स्थलबाट आयोजक दीपक घिमिरे र लर्ड क्लबका सञ्चालक भुपेन गिरीलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै अर्का सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

यसबारेमा थप अनुसन्धान भइरहेको छ । पहिलोपटक नेहा कक्कर नेपालमा प्रस्तुति दिन आउने भएपछि टिकटको अग्रिम बूकिङ नै आक्रामक बनेको थियो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा थुनामा राखिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ६ : ०५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा