धवनको शतकमा भारतद्वारा अस्ट्रेलियालाई ३ सय ५३ रनको लक्ष्य « Khabarhub

धवनको शतकमा भारतद्वारा अस्ट्रेलियालाई ३ सय ५३ रनको लक्ष्य


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको जारी खेलमा भारतले अस्ट्रेलियालाई ३ सय ५३ रनको विजयी लक्ष्य दिएको छ ।

दी ओभललमा भइरहेको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले ५० ओभर पूरा खेल्दै ५ विकेट गुमाएर ३ सय ५२ रन बनायो । भारतका ब्याट्सम्यानहरुले उत्कृष्ट पारी खेल्दा अस्ट्रेलियाले ३ सय ५३ रनको विशाल लक्ष्य पाएको हो ।

भारतका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले शतक पूरा गर्दा अर्का ओपनिङ ब्याट्सम्यान रोहित शर्मा र तेस्रो विकेटका रुपमा मैदान छिरेका कप्तान विराट कोहलीले अर्धशतक पूरा गरे ।

भारतका लागि शिखर धवनले सर्वाधिक १ सय १७ रन बनाए । उनले १ सय ९ बलको सामना गर्दै १६ चौका प्रहार गरे । यस्तै, कप्तान कोहलीले ८२ रन बनाउँदा शर्माले ५७ रन र हार्दिक पाण्ड्याले ४८ रन बनाए । पाण्ड्याले ३ छक्का र ४ चौका प्रहार गरे ।

यस्तै, विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले २७ रन बनाए । भारतविरुद्ध अस्ट्रेलियाका बलरले अपेक्षा अनुरुप बलिङ गर्न सकेनन् । तर, पनि भारतविरुद्ध मार्कस स्टोनिसले २ विकेट लिए भने पेट कुमिन्स, मिचेल स्टार्क र नाथन कौल्टेर निलले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ७ : १६ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य