गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा जे देखियो | Khabarhub Khabarhub

गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा जे देखियो



काठमाडौं– आइतबार दिउँसो १२ बजे । माइतीघर मण्डलास्थित चर्को घाममा बाजागाजा सहित नारा चलिरहेको थियो । ‘पूर्वजले राखेको गुठीमा गिद्धे नजर बन्द गर’ ‘प्रस्तावित गुठी विधेयक २०७५ अविलम्ब खारेज गर’, ‘बन्द या ! बन्द या ! धर्म संस्कृतिइ हस्तक्षेप बन्द या’ भन्दै हातमा सेता पम्पेल्ट लिएर मानिसहरु चर्को घामको प्रवाह नगरी नाराबाजी गरिरहेका थिए ।

मानिसहरुको भीड बढ्दै थियो । सामान्य रुपमा शुरु भएको आन्दोलनले बिस्तारै चर्को रुप लिन थाल्यो । जब गुठीप्रेमीहरु माइतीघरस्थित सडकको भुँइमा बस्न थाले । सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको संख्या पनि बढ्दै थियो ।  अभियान्ताहरु आफ्नो माग पूरा नभएसम्म आन्दोलनमा लागि पर्ने जिकिर गर्दै थिए । छेउमा सुरक्षागार्डहरु भन्दै थिए, ‘कृपया सडक अवरुद्ध नगर्नुहोला ! हामी कारवाही गर्न बाध्य हुनेछौँ’ ।

‘कस्तो विडम्बना ! आफ्नै सँस्कृति बचाउनका लागि सडकमा आन्दोलन गर्नुपर्ने’ अझ सरकार भने सँस्कृति मास्न खोज्दै छ, हामीलाई आन्दोलन गर्न प्रहरीले किन रोक्ने’ उनीहरु भन्दै थिए ।

त्यसको केही समयमै प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरी पानीको फोहोरा चलायो । पानीको फोहोरा चलिरहँदा पनि नारा रोकिएन । तर अपशोच प्रदर्शनकारीहरु सडकमै लड्न थाले । त्यसपछि भने उनीहरु ढुंगा मुडा छोड्न थाले । प्रदर्शनकारीमाथि बुट बजारिए ।

प्रदर्शनमा धेरै घाइते बने । प्रदर्शनमा उत्रिएका महेशकार रञ्जितको टाउकोमा चोट लागेको छ । उनको अन्नपुर्ण न्यूरोमा उपचार भइरहेको छ । त्यस्तै अर्का घाइते सञ्जिव बज्रचार्यको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । पानीको फोहोराले हुत्तिएर लडेपछि उनीहरु घाइते बनेका थिए ।

उनीहरु आन्दोलनमा उत्रिनुको कारण थियो– ‘संसदमा दर्ता भएको गुठीसम्बन्धी विधेयकलाई खारेज गर्नुपर्ने माग । सरकारले गत वैशाख १६ गते संसदमा दर्ता गरेको गुठी ऐन २०७५ पारित भएमा ऐतिहासि सम्पदाहरु मासिने उनहरुको तर्क छ ।

गुठी ऐन २०७५ गत वैशाख १६ गते संसदमा भूमि व्यस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले दर्ता गरेकी थिइन् ।
के भन्छन् अभियान्ताहरु ?

सम्पदा बचाउ अभियानन्ता गणपतिलाल श्रेष्ठले सार्वजनिक जग्गा, गुठीका जग्गाहरु अतिक्रमण भएकोमा राज्य चुपचाप रहेको बताए । ‘भूमाफियाहरुलाई संरक्षण गर्न गुठी ऐन ल्याएको छ’ उनले भने ‘यसलाइ खारेज गर्नुपर्छ ।’

गुठी विधेयक विरोधमा पटकपटक आन्दोलन गरिरहेको बताउँदै उनले भने‘यो विधेयक पारित भएमा काठमाडौंमा रगतको खोलो बग्छ ।’
विधेयक बारे पुचः का अध्यक्ष केदारभक्त माथेमा भन्छन्, ‘विधेयक जे आए पनि सरोकारवाला पक्षसँग छलफल गर्नुपथ्र्यो त्यो भएन । हामी सम्पदा कसरी बचाउने सोचिरहेका छौँ, सरकार भने भूमाफियालाई सुम्पिन खोज्दै छ ।’

शिक्षाविद् समेत रहेको माथेमाले केही समयअघि विधेयक सच्याउन विज्ञप्ति सार्वजनिक गरेको तर सरकारले वेवास्ता गरिरहेको आरोप लगाए । गुठी विधेयक खारेज नभएसम्म निरन्तर आन्दोलनमा उत्रिने अर्का अभियान्ता राजाराम तन्धुकार बताउँछन् ।

‘आज प्रहरीले हस्तक्षेप गर्‍यो’ खबरहबसँगको कुराकानीमा उनले भने ‘भोलिबाट आन्दोलनले चर्को रुप लिन्छ । विधेयक खारेज नभएसम्म पछि हट्दैनौं ।’ विधेयकमा निजी गुठीलाई राष्ट्रीयकरण गर्ने कुरा चित्त नबुझ्दो रहेको अभियान्ता यादवलाल कायस्थ बताउँछन् ।

‘सरकारले नेवाः सभ्यता तथा सँस्कृति नै मास्ने काम गरिरहेको छ ।’, अभियन्ता कायस्थले भने, ‘पुजारीसमेत लोकसेवाबाट पास भइ नियुक्ति गर्ने भनिएपछि त्यसले सँस्कृतिको मर्म कसरी बुझ्छ ।’

उनले गुठीको उचित संरक्षण नहुने देखपछि आफूहरु आन्दोलनमा उत्रिएको दाबी गरे । गुठी विधेयकले नेपालको पहिचान नै गुम्ने खतरा बढेको बताउँदै उनले भने,‘एकेडेमिक सर्टिपिकेटको मान्यताले मात्र जागिर दिएर हुदैँन त्यसका लागि कला जान्नुपर्छ ।’

किराँत कालदेखि चलिआएको हाम्रो पहिचानलाइ मेटिने काम भइरहेको र अस्तित्व संकटमा रहेकाले सो विधेयक खारेज गर्न आन्दोलनमा उत्रिएको उनको तर्क छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ७ : ५७ बजे

बुमराहले आइपीएलको सुरुवाती खेल गुमाउने

काठमाडौं – जसप्रित बुमराहले यस सिजनको आइपीएलका केही खेल गुमाउने

सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरु

डडेल्धुरा– चैत महिना लागेसँगै बैतडीसहित सुदूरपश्चिमभरि भिटौला पर्व सुरु भएको

कैलालीको मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु

कैलाली– कैलालीको धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु

काठमाडौं तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं – काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको

पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री  सिंह

पाल्पा– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई