विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङमा विशाल प्रदर्शन « Khabarhub

विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङमा विशाल प्रदर्शन


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– विवादास्पद नयाँ सुपुर्दगी विधेयकको विषयमा हङकङमा विशाल प्रदर्शनको आयोजना गरिएको छ ।

विवादास्पद विधेयकको विरोधमा हङकङका सडकमा ५ लाख भन्दा धेरै प्रदर्शनकारी सहभागी छन् । नयाँ सुपुर्दगी विधेयक अनुसार अन्य मुलुकमा अपराधको आरोप लागेका मानिसलाई तेश्रो मुलुक सुपुर्दगी गर्न सकिने प्रावधान रहेको र त्यसले हङकङमा मुख्यभूमि चीनको अनावश्यक प्रभाव बढ्नसक्ने भन्दै विपक्षीले प्रदर्शन गरेका हुन् ।

यसलाई सन् २०१४ मा भएको छाता आन्दोलन यताकै सबैभन्दा वृहद प्रदर्शनका रुपमा लिइएको छ । गत फेब्रुअरीमा सार्वजनिक गरिएको नयाँ सुपुर्दगी कानून अनुसार हङकङका प्रमुखलाई त्यहाँको वर्तमान न्यायिक व्यवस्था विपरित अन्य स्थानमा अभियोग लागेर हङकङमा बसोबास गर्दै आएका मानिसलाई चीनसहित हङकङको न्यायिक अधिकार क्षेत्र बाहिर पनि सुपुर्दगी गर्न सक्ने कार्यकारी अधिकार दिइएको छ ।

यसले हङकङको स्वतन्त्रता तथा न्याय प्रणालीमा असर पार्नसक्ने भन्दै प्रदर्शनको आह्वान गरिएको थियो । तर, सरकारले भने उक्त विधेयकमा अझ सुधार गर्न बाँकी रहेको भन्दै विधेयक पास हुनुअघि धेरै परिमार्जन गर्न लागिएको जनाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ९ : २३ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते