पश्चिम बंगालको सन्देशखालीमा भएको झडपमा ४ जनाको मृत्यु « Khabarhub

पश्चिम बंगालको सन्देशखालीमा भएको झडपमा ४ जनाको मृत्यु


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलकाता– भारतको पश्चिम बंगालमा दुई राजनीतिक दलका कार्यकताबीच झडप हुँदा कम्तीमा ४ जनाको ज्यान गएको छ ।

पश्चिम बंगालको सन्देशखाली क्षेत्रमा केन्द्रको सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपा तथा राज्यको सरकार चलाइरहेको तृणमूल काँग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा उनीहरु मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

झडपका क्रममा मारिनेमा ३ जना भाजपाका कार्यकर्ता तथा अर्का एक तृणमूल काँग्रेसका कार्यकर्ता रहेको जनाइएको छ ।
झडपका क्रममा अरु १८ जना घाइते भएका छन् ।

भाजपाको झण्डा र पोस्टर टाँस्नेने क्रममा पछिल्लो झडप भएको जनाइएको छ । त्रिणमुलका कार्यकर्ताले भाजपाको झण्डा र पोस्टर टाँस्नेक्रममा अवरोध गरेपछि झडप शुरु भएको थियो । हालै भारतमा भएको आम निर्वाचनमा पश्चिम बंगालमा भाजपाले १८ सिट जितेको थियो । अघिल्लो निर्वाचनमा भने भाजपा केबल २ सिटमा सिमित भएको थियो ।

पश्चिम बंगालमा तृणमूल काँग्रेस तथा मुख्यमन्त्री ममता बनर्जी निकै प्रभावशाली रहेको बताइन्छ । आम निर्वाचनको समययतादेखि पश्चिम बंगालका विभिन्न स्थानमा भाजपा तथा तृणमूल काँग्रेसका कार्यकर्ताबीच झडप हुँदै आएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ९ : ४४ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६