उचाईभन्दा लामो कपाल भएकी यी किशोरी जसलाई ‘रपुञ्जेल’को उपमा « Khabarhub

उचाईभन्दा लामो कपाल भएकी यी किशोरी जसलाई ‘रपुञ्जेल’को उपमा


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै नै लामो कपाल भएकी महिलाबारे हामीले प्रायः दन्त्यकथाहरुमा सुन्दै आएका हौं । लामो कपाल सम्हाल्न गाह्रो हुने र स्याहार चाहिने भएकाले आजकल महिलाहरु कपाल छोटै पाल्ने गरेका छन् ।

भारतकी एक किशोरीको कपाल भने उनको आफ्नो उचाईभन्दा पनि लामो छ । ५ फिट ७ इन्च लामो कपाल भएकी भारत गुजरातकी १६ वर्षे किशोरी नीलांशी पटेलले सबैभन्दा लामो कपालको समेत कीर्तिमान राख्न सफल भएकी छिन् ।

उनको नाम गिनिज बुकमा समेत दर्ता भएको छ । खासमा उनले ६ वर्षको उमेरदेखि हालसम्म कपाल काटेकी छैनन् । ६ वर्षको उमेरमा कपाल काट्दा बिग्रिएपछि उनले कपाल काट्नै छाडेकी हुन् । त्यसयता दश वर्षमा उनको कपाल ह्वात्तै बढेर एउटा सामान्य मानिसको उचाइजत्रो भइसकेको छ ।

उनको कपालकै कारण उनका साथीहरुले उनलाई ‘रपुञ्जेल’ भनेर समेत बोलाउने गरेका छन् ।

धेरै लामो कपाल भएका कारण कपाल स्याहार्न भने उनी एक्लै सक्दिनन् । उनकी आमाले उनको कपाल स्याहार्न सघाउने गरेकी छिन् । उनी सातामा एकदिन नुहाउँछिन् । उनको कपाल सुक्न एक घण्टा भन्दा धेरै लाग्छ भने कपाल कोर्न घण्टौं लाग्छ ।

कपाल पाल्ने आफ्नो निर्णयमा परिवारको समेत साथ रहेको उनी बताउँछिन् ।

कपाल धेरै लामो भएपनि उनले प्रायः जुरो बाँध्ने गरेकाले नियमित काम गर्न अफ्ठ्यारो नहुने बताउँछिन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ५ : ४२ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि