आमा र हजुरआमाको हत्यामा जन्मकैद | Khabarhub Khabarhub

आमा र हजुरआमाको हत्यामा जन्मकैद


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । उनले विसं २०७५ पुस २ गते आफ्नै आमा ४७ वर्षीया पार्वती सार्की र हजुरआमा ७० वर्षीया जुवारा सार्कीलाई कोदालोले हिर्काई हत्या गरेका थिए ।

बालारामले आक्रमण गरी घाइते बनाएकी २४ वर्षीया कौशिला नेपालीको समेत ज्यान मार्न खोजेको भन्ने कसूरमा अदालतले दुई वर्ष कैद र २० हजार जरिवाना भएको बताइएको छ । दैलेख जिल्ला अदालतका जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट सोमबार फैसला भएको हो ।

मुुलुकी अपराधसंहिता २०७४ को दफा ४१ (क) तथा दफा १७७ (१)को कसूरमा दफा १७७ (२) तथा सोही संहिताको दफा ४१ बमोजिम जन्मकैद र ज्यान मार्ने उद्योगतर्फ सोही संहिताको दफा १८३ (१)को कसूरमा सोही दफा १८३ (२) दुई वर्ष कैद र रु २० हजार जरिवाना भएको जनाइएको छ । घरायसी विवादमा रुखमा गएर नाम्लोले पासो लगाउन खोजेका बालारामलाई त्यसो नगर्न सम्झाउँदा आमा पार्वतीको हत्या गरी त्यसपछि करीब ४०० मिटर टाढा आफ्नै घरमा हजुरआमा जुवारालाई घाइते बनाएका थिए ।

घटना विवरणअनुसार पासो खोल्न जाँदा आफैँमाथि आक्रमण गर्न खोजेका छोराबाट जोगिन भागेर घर नजिकैको सोयखोला भन्ने खोल्सामा पुगेको बेला आमा पार्वतीलाई कोदालोले टाउकोमा प्रहार गरिएको चोटले घटनास्थलमै ज्यान गएको थियो । आमाको ज्यान गइसकेपछि आफ्नो घरमा माथिल्लो तलामा काम गर्दै गरेकी हजुरआमा जुवारालाई पनि कोदालो प्रहार गर्न खोजेपछि दौडँदै तल्लो तलामा पुगेको बेला त्यही कोदालोले हिर्काएर घाइते बनाएका थिए । जुवाराको उपचारको क्रममा दैलेख जिल्ला अस्पतालमा ज्यान गएको थियो ।

छिमेकीलाई आतङ्कित पारेको भन्ने सूचनाको आधारमा तत्काल घटनास्थल पुगेको प्रहरीलाई समेत बालारामलाई नियन्त्रणमा लिन मुस्किल परेको थियो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ८ : २५ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं