गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध | Khabarhub Khabarhub

गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाही घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरेका छन् ।

सर्लाहीमा दोहोरो भिडन्तमा पारी मृत्यु भएको भनिएका विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु प्रकरण र प्रहरीसँग झडप हुँदा सरोजनारायण यादवको मृत्यु भएको विषयलाई लिएर दुवै दलले सरकारसँग जवाफ मागरेका थिए ।

मंगलबार कांग्रेस र राजपाले उठाएका प्रश्नको जवाफ गृहमन्त्रीले दिए पनि उनको जवाफ प्रष्ट नभएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरे ।

जवाफमा सभामुखले संसदमा भएका दलहरुसँग परामर्श गरेर निर्णय लिने बताएका थिए । त्यसपछि प्रतिपक्षी दलका सांसदहरुले रोष्टम घेराउ गरेपछि १५ मिनेटका लागि संसद स्थगित गरिएको हो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १२ : ३६ बजे

नेपाल–जापान सम्बन्ध : आर्थिक विकासमा नेपालको लक्ष्य पूरा गर्न जापान सरकार तयार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहेकी जापानी

युद्ध प्रभावितलाई उद्धार गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु भएकाहरूको

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा