बाल यौन दुराचारी पिटरलाई ९ वर्ष कैद | Khabarhub Khabarhub

बाल यौन दुराचारी पिटरलाई ९ वर्ष कैद


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाल यौन दूराचारको अभियोग लागेका पिटर जोहन डालग्लिसलाई ९ सजाय सुनाइएको छ । काभ्रे जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको हो ।

पिटर नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा अफगानिस्तानस्थित युएन ह्याबिट्याटको कन्ट्री रिप्रेजेन्टेटिभ भइसकेका क्यानेडियन नागरिक हुन् ।

यसरी पक्राउ परेका थिए हाइप्रोफाइल पिटर

अनुसन्धानमा संलग्न ब्युरोका तत्कालिन डिएसपी कवित कटवालका अनुसार, पीटर मुख्यगरी बाल यौन दुराचारकै निम्ति बारम्बार नेपाल आउने गरेका थिए। उनले काभ्रेको मण्डन देउपुरमा आफ्नै लगानीमा घरसमेत बनाएका थिए। यूएन ह्याबिट्याटका निम्ति अफगानिस्तान प्रतिनिधिका रूपमा समेत काम गरेका पिटरले आफ्नै घरमा काम गर्न बस्नेका छोरा र उनका आफन्तका छोरामाथि यौन शोषण गरेको आरोप थियो।

तत्कालिन समयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को पिल्लर ३ सम्हालेका कटवालको टोलीले पिटरलाई पक्राउ गरेको थियो। डिएसपी कवित कटवाल भन्छन्-युएनको विशिष्ट पदमा कार्य गरिसकेका व्यक्ति बाल यौन दुराचारमा संलग्न होलान् भनेर विश्वास समेत लागेको थिएन। तर, जब सीआईबीमा उजुरी पुग्यो तब हाम्रमे टोलीले पिटरमाथि निगरानी बढाउन थाल्यो।

कटवाल थप्छन्-अनुसन्धान गर्दै जाँदा पत्ता लाग्यो की पिटर त काभ्रेको कात्तिके देउराली भन्ने स्थानमा घर नै बनाएर नेपाली बालकमाथि यौन दुराचार गरिरहेका रहेछन्। कट्वालका अनुसार, एकजना पीडित बालकको बयानका आधारमा उनि विरुद्ध अनुसन्धान अघि बढेको थियो। लगातार २१ दिन सम्म प्रहरी टोलीले पिटरबारे निगरानी राखेको थियो। यही क्रममा २०७४ साल चैत्र २४ गते राती पिटर २ जना बालकलाई लिएर जब उसको फार्म हाउसमा पुगे। लगत्तै उनको निगरानीमा रहेको सिआईबीको टोलीले पिटरमाथि एक्सन लियो र उनलाई पक्राउ गर्‍यो।

पिटर मात्र होइन बालयौन दुराचार सम्बन्धि अन्य ५ वटा ‘रेड’ समेत डिएसपी कटवालकै नेतृत्वमा भएको थियो। ती घटनामा ७ जना विदेशी नागरिक पक्राउ परेका छन्।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १ : २४ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको