भारतीय दुतावासले पत्र पठाएको स्वीकार्दै सञ्चारमन्त्रीले भनेः त्यसलाई अन्यथा लिन हुन्न « Khabarhub

भारतीय दुतावासले पत्र पठाएको स्वीकार्दै सञ्चारमन्त्रीले भनेः त्यसलाई अन्यथा लिन हुन्न


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दुतावासले सरकारलाई पत्र पठाएको स्वीकार गरेका छन् ।

मन्त्री बास्कोटाले ‘दुई देशका सरकारबीच पत्रहरु आउने, जाने उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नहुने पनि स्पष्ट पारे ।

मंगलबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकपछि संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सीमा जोडिएका दुई मुलुकबीच आ–आफ्नो इन्ट्रेष्टका विषय हुने भएकाले त्यस्ता विषयमा हुने पत्रको आदानप्रदानलाई सरकारले स्वभाविक रुपमा लिएको प्रतिक्रिया दिए ।

‘सरकारका बीचमा पत्रहरु आउने, जाने गर्छन्, त्यसमा आ–आफ्नो इन्ट्रेष्टका विषयहरु पनि हुन सक्छन् ।’, मन्त्री बास्कोटाले भने, ‘त्यसलाई अन्यथा लिनु हुँदैन । जब दुई देशका सीमा जोडिएका छन्, जब उत्पादनहरु आदानप्रदान हुन्छन् भने त्यसमा त्यस्ता पत्र आदानप्रदान हुनु ठूलो कुरा होईन ।’

मन्त्री बास्कोटाले आयातित तरकारी तथा फलफूलमा हुने विषादी परीक्षणका लागि सरकार आवश्यक व्यवस्थापन गर्न गम्भिर रहेको पनि बताए ।

उनले नागरिकको अधिकारसँग जोडिएको विषयमा सरकार गम्भिर रहेको र सो समस्या समाधान हुने गरी आफ्ना उत्पादनलाई वृद्धि गर्न सरकार लागि परेको बताए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  २ : ०५ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा, स्कटल्यान्ड बाहिरियो

काठमाडौँ – निकोला भ्लासिचले खेलको उत्तरार्धमा गरेको उत्कृष्ट गोलको मद्दतले

आज २०८३ साल असार १४ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०