यस्तो अन्धविश्वासका कारण जीवनभर ‘कुमार’ नै रहे यी अभिनेता « Khabarhub

यस्तो अन्धविश्वासका कारण जीवनभर ‘कुमार’ नै रहे यी अभिनेता


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेता सञ्जीव कुमारको फिल्मी करिअर त शानदार नै छ । उनले फिल्मको पर्दामा कैयन् भूमिका निभाए । तर, वास्तविकतामा उनी एक सुखबाट सधैँका लागि वञ्चित रहे । उनले घरजम बसाउने सुख कहिल्यै पाउन सकेनन् ।

यसको कारण थियो, अन्धविश्वास ।

खासमा उनको परिवारमा यस्तो घटना भएको थियो कि, छोरा १० वर्षको हुँदा पिताको मृत्यु भएको थियो । सञ्जीव कुमारका हजुरबुबा, बुबा र भाइका साथ यस्तो भएको थियो । यही कारणले सञ्जीव कुमारले बिहे नगर्ने फैसला गरेका थिए ।

बलिउडका यी ‘ठाकुर’ले बिहे त गरेनन् तर भाइका छोरालाई आफ्नो छोरा बनाए । आफूले अपनाएको छोरा जब १० वर्षका भए, सञ्जीव कुमारले यो संसारबाट अलविदा गरे । उनले ४७ वर्षकै उमेरमा यो संसारबाट विदा लिएका थिए ।

पहिलो हृदयघातपछि उनले अमेरिकामा पुगेर सर्जरी पनि गराएका थिए । तर उनको हालतमा खासै सुधार आएन । उनका कतिपय फिल्म मृत्युपछि रिलिज भएका थिए । सञ्जीव कुमारको अन्तिम फिल्म ‘प्रोफेसर की पडोसन’ थियो । यो फिल्म सन् १९९३ मा रिलिज भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  २ : १६ बजे

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको